Connect IPS
IME Life

निसाले आयोजना गर्यो जलविद्युत सम्बन्धी गोष्ठी, नन ट्यारिफ बीमाको समस्या समाधान गर्न सरकार तयार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषालले बीमा सर्भेयर संघ नेपालले आयोजना गरेको एक दिने जलविद्युतको शक्तिः सेतो सुन शिर्षक गोष्ठीको उद्घाटन गरेकी छिन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्य मन्त्री, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्याय, बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सर्भेयर लगायतको उपस्थिति थियो ।

Prabhu
Crest

मन्त्री भुषालले जलविद्युतको बीमाको विषयमा देखिएका समस्या समाधान गर्न आफु तयार भएको भन्दै सबैलाई छलफलका लागि आह्वान गरेकी छिन् । उनले बीमालाई नाफा गर्ने उद्देश्यले भन्दा पनि सेवा गर्ने उद्देश्यले बुझिदिन लगानीकर्तालाई अनुरोध गरेकी छिन् । बीमाले संकटको सुरक्षा गर्ने भएकाले एकदमै नाफा गर्ने भन्दा पनि सेवा गर्ने क्षेत्रका रुपमा सबैले बुझ्नु पर्ने उनको धारणा रहेको छ ।

नेपाल राष्ट्र बैंक, बीमा समितिले सुरुमा धेरै लाइसेन्स दिने र पछि मर्जर गराउने अस्थिर नीतिलाई पनि संकेत गर्दै नियामक निकायलाई दीर्घकालिन सोच सहित स्थिर नीतिलाई अबलम्बन गर्न अनुरोध गरेकी छिन् ।

राज्यमन्त्री श्रेष्ठले जलविद्युत तथा निर्माण व्यवसायीले बीमाको दरमा गर्दै आएको विरोधलाई समाधानका लागि आफु तयार भएको बताएका छन् । उनले विवादित तीन वटै पक्षलाई वार्ताका लागि आह्वान समेत गरेका छन् ।

जलविद्युतमा अर्बौ रुपैयाँको लगानी हुने भएकाले यसको सुरक्षाका लागि बीमा गर्ने पर्ने भएकाले यसको महत्वलाई समेत बुझ्न उनले निर्माण व्यवसायी तथा जलविद्युत व्यवसायीहरुलाई अनुरोध गरेका छन् । जलविद्युत राज्यको क्यापिटल बेस प्रोजेक्ट भएको हुँदा यसको सुरक्षाको लागि राज्य तयार भएको उनको भनाइ रहेको छ ।

निजी क्षेत्रले लगानी गरेका जलविद्युत ३० वर्ष पछि राज्यको हुने भएकाले सरकारले नै यसको सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने उनको तर्क छ । जलविद्युत क्षेत्रमा अत्याधिक जोखिम हुने भएकाले यसको बीमाको दर पनि स्वभाविक महंगो हुने भएकाले दर रेटको विषयमा पुनर्बीमा कम्पनीले लिने दरलाई आधार मानेर तय हुनु पर्ने उनको भनाइ रहेको छ । नेपालको व्यापार घाटा कम गर्ने एक मात्र अस्त्रको रुपमा रहेको जलविद्युत आयोजनामा हुने क्षतिको दाबी भुक्तानीमा ढिलाइ हुँदा अर्बौ रुपैयाँ घाटा हुने भएकाले दाबी समयमा दाबी भुक्तानीका लागि बीमा कम्पनीले पनि सहयोग गर्नु पर्ने उनको तर्क छ ।

कार्यक्रमलाई संबोधन गर्दे बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सर्भेयरले इमान्दारिताका लागि काम गर्नुको विकल्प नभएको बताएका छन् । दाबी भुक्तानी गरिसक्नु पर्ने समय घर्किदा पनि सर्भेयरले रिपोर्ट पेश नगर्ने घटना देखिएको भन्दै अध्यक्ष सिलवालले इमान्दारिता देखाउन सर्भेयरहरुलाई निर्देशन दिएका छन् ।

नन ट्यारिफ बीमाको दरको विषयमा जलविद्युत क्षेत्रका लगानीकर्ता र निर्माण व्यवसायीको विरोधलाई संकेत गर्दै अध्यक्ष सिलवालले बीमाको दर पुनर्बीमाले तोकेको दरमा तय भएको बताएका छन् । उनले भने ‘निर्माण व्यवसायी वा जलविद्युत व्यवसायीहरुले मैले भनेको दरमा बीमा गर्नु पर्छ भन्ने होइन बीमा कम्पनीले अफर गरेको दरमा बीमा गर्ने हो ।’

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले जलविद्युत क्षेत्रको बीमाको दरका विषयमा रहेको विवाद समाधानका लागि पनि आह्वान गरेका छन् । सधै विवाद निकाल्ने भन्दा पनि विदेशी पुनर्बीमाको दरलाई बुझिदिन उनले आग्रह गरेका छन् ।

जलविद्युतको बीमाका क्षेत्रमा देखिएका विवाद समाधानका लागि आजको गोष्ठीले मद्दत गर्ने सर्भेयर एसोसिएसनका उपाध्यक्ष देउकाजी गुरुङले जानकारी दिए । आजको गोष्ठीको निचोढलाई सर्भेयर संघले सम्बन्धित निकायलाई प्रतिवेदनको रुपमा उपलब्ध गराउने अध्यक्ष मोहन पुरुष ढकालले प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS