IME Life New

मर्जरको प्रस्ताव सहित लुम्बिनी जनरलले बोलायो साधारण सभा, १०% लाभांश पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले असार २९ गते साधारण सभा गर्ने भएको छ । कम्पनीको आज असार ८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजारमा हुने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९ दशलमव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ५ प्रतिशत नगद लाभांश सहित कुल १० प्रतिशत लाभांश दिने प्रस्ताव अनुमोदन गर्नेछ ।

Esewa
Crest

सभाले संचालक समितिको १७औं वार्षिक प्रतिवेदन २०७७ /७८ पारित गर्नेछ, लेखापरिक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात आर्थिक  वर्ष २० ७७ /७८ को नाफा नोक्सान, हिसाब, नगद प्रवाह विवरण र अनुसूचिहरु पारित गर्नेछ ।

सभामा लेखा परिक्षण समितिको सिफारिसमा आर्थिक वर्ष २०७८ /७९ को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारीश्रमिक तोक्ने, हालको लेखापरिक्षक एस.ए.आर एसोसिएटसलाई पुनः नियुक्ति गर्ने प्रस्ताव पेश हुनेछ । स्वतन्त्र संचालकमा निर्मला देवी मानन्धरलाई गरिएको नियुक्ति अनुमोदन गर्नेछ ।

त्यस्तै, सभामा कम्पनीको अधिकृत पूँजी बृद्धि गरी ३ अर्ब पुर्याउने, प्रबन्धपत्रको दफा संशोधन गर्ने, प्रबन्धपत्रको प्रस्तावित संशोधनमा सम्बन्धीत निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने र संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ संचालकको निर्वाचन गर्ने एजेण्डा पारित हुनेछ ।

साथै, अन्य कुनै कम्पनीसंग प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने प्रयोजन गर्न उपयुक्त कम्पनीको पहिचान र छनोट गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सोको लागि सैदान्तिक स्वीकृतिका लागि समिति समक्ष निवेदन दिने, सम्पति वा दायित्वको मुल्याङकन गर्न मुल्याङकनकर्ता नियुक्ति गर्ने लगायतका कार्य गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभाश प्रयोजनका लागि असार १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण असार १४ गते नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS