काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि सेडुल बनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा कोरोना बीमाको रकम भुक्तानीका लागि सेडुल तयार भएको बताएका हुन् ।
कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा समिति र बीमा कम्पनीमा छलफल भएको र उक्त छलफलपछि सेडुल बनेको उनले जानकारी गराएका छन् । दुवै पक्षसँगको छलफलले कोरोना बीमाको रकम भुक्तानीको व्यवस्था गरेको बताए ।
बीमा समितिले सरकार सँग कोरोना बीमाको दाबी भुक्तानीका लागि विभिन्न विकल्पहरु पेश गरेको थियो । तर पनि सरकारले वेवास्था गर्दै आएको छ । केहि दिन अगाडी अदालतले पनि बीमा कम्पनीहरुलाई कोरोना बीमाको दाबी भुक्तानीका लागि आदेश जारी गरेको थियो ।
अदालतले बीमा कम्पनीलाई दाबी भुक्तानी गर्ने निर्देशन दिने वित्तीकै अव बीमा कम्पनीहरुले पनि सरकारको विरुद्धमा मुद्दा दायर गर्ने निश्चित छ । यदि कम्पनीले मुद्दा हाल्यो भने सरकारले जसरी पनि तिर्नु पर्ने भएकाले सरकार दाबी भुक्तानीका लागि तातेको हो ।