IME Life New

टाटा मोटर्सको जेनभोल्टज अब नेपाली बजारमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले जेनभोल्टज जेनेरेटर नेपाली बजारमा बिक्री गर्ने भएको छ । भारतस्थित अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टर) डिजाइन, परिक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटरको डिजेल इन्जिन जडान गरिएको छ। विभिन्न प्रयोजनहरुको लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनको साथै कम खर्चिलो रहेको कम्पनीले जनाएको छ । २५ देखि १२५ किलो भोल्ट क्षमतामा उपलब्ध यस जेनेरेटरमा म्यानुअल र अटोमेटिक दुवै मोडको व्यवस्था छ ।

यसले निरन्तर विद्युत प्रवाह गरी नेपालको उद्योगलाई नयाँ दिशातर्फ उन्मुख गराउन सहयोग गर्ने अपेक्षा कम्पनीको राखेको छ ।
“हामी नेपालमा जेनभोल्टज जेनेरेटरको बिक्री वितरण शुभारम्भ गर्न पाउँदा धेरै खुसी छौ। टाटा मोटर्स सदैव उच्चतम एवं नवीनतम उत्पादनहरुको मार्फत आफ्नो आफ्नो ग्राहकहरुको बदलिँदो इच्छा र आकांक्षा पूरा गर्ने तर्फ कटिबद्ध
छ ।” टाटा मोटर्सको कमर्सिअल भेहिकल बिजनेस इकाई अन्तर्गत कस्टमर केयरका ग्लोबल प्रमुख राम कृष्णन
बताउछन् ।

Esewa
Crest

“टाटा मोटर्सको प्रभावकारी एवं भरपर्दो इन्जिन जडित जेनभोल्टजले नेपाली उद्योगधन्दाको अभिवृद्धिमा योगदान
गर्नेछ। सिप्रदी ग्रुप दशकौंदेखि टाटाका कमर्सिअल गाडीहरुको बिक्री तथा सेवा सम्बन्धि कार्यलाई उत्कृष्ट ढंगले सम्पन्न गर्न प्रतिबद्ध छ। र यही प्रतिबद्धता यस ग्रुपले जेनभोल्टज प्रति प्रदर्शन गर्नेमा हामी विश्वस्त छौ।”

यसैगरी, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भन्छन्,“आफ्नो स्थापनाकालदेखि नै सिप्रदी ट्रेडिङ्गले आफ्नो व्यापारिक पहिचानमा निरन्तर नयाँ आयाम थपी ग्राहकहरुको इच्छा र आवश्यकताहरुलाई परिपूर्ति गर्न प्रतिबद्ध छ। टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ केन्द्रित हाम्रो प्रयासमा एक नयाँ उर्जा प्रदान गर्नेछ । हामी पूर्ण विश्वस्त छौं कि टाटाको जेनभोल्टज नेपालको पूर्वाधार एवं औद्योगिक विकासको लागि आवश्यक पावर ब्याकअप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्न सफल हुनेछ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS