IME Life New

अव चार आना घटिको घडेरी कित्ताकाट नहुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आवासिय घर निर्माण प्रयोजनका लागि चार आना भन्दा कमको कित्ताकाट गर्न नमिनल्ने व्यवस्था गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले भूउपयोग नियमावली २०७९ जारी गर्दै आवासीय क्षेत्रका लागि कित्ताकाट गर्दा न्युनतम एक सय तीस वर्ग मिटर भन्दा कम क्षेत्रफल कायम गर्न नपाउने व्यवस्था गरेको हो ।

विनियमावलीमा ५ सय वर्ग मिटर भन्दा सानो कित्ताको हकमा चौडाइ भन्दा लम्बाई चार गुणाभन्दा बढी हुने गरी कित्ताकाट गर्न नपाउने व्यवस्था गरिएको छ । सरकारले प्लट मिलानका लागि भने उक्त क्षेत्रफल भन्दा कमको पनि कित्ताकाट गर्न सकिने व्यवस्था गरेको छ ।

Esewa
Crest

कुनै कित्ताको आकार वा क्षेत्रफल अमिल्दो भई सीमानाको अर्को कित्ताबाट निश्चित क्षेत्रफल समावेश गरी प्लट मिलान गर्न उपयुक्त देखिएमा सोको प्लट मिलानको लागि भने कित्ताकाट गर्न सकिनेछ । तर यसरी कित्ताकाट भएको जग्गा मिलान हुने कित्तामा गाभिनु पर्ने व्यवस्था गरिएको छ । यसरी कित्ताकाट गर्ने अधिकारी स्थानीय तहलाई नै दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS