Connect IPS
IME Life

शिखर इन्स्योरेन्सको कूल जनशक्तिमा ४० प्रतिशत महिला, उच्च व्यवस्थापकीय तहमा कति?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय नेपामा बीमा तथा बैंकिङ क्षेत्र महिलामैत्री बन्दै गएको छ । प्रत्येक बैंक तथा बीमा कम्पनीहरुको सञ्चालक समितिमा एक जना महिला अनिवार्य गरिएको छ । यो हिसावले हेर्दा पनि कम्पनीहरुको उच्च व्यवस्थापन समितिमा महिलाहरुलाई देख्न सकिन्छ । यति मात्र नभई बीमा कम्पनीहरुको तल्लो तहमा पनि महिला कर्मचारीहरुको बर्चस्व कायम रहेको पाइन्छ ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये बजार हिस्साको आधारमा सर्वाधिक ठूलो मानिएको शिखर इन्स्योरेन्सको कूल जनशक्तिमध्ये ४० प्रतिशत महिला कर्मचारी कार्यरत छन् ।शिखर इन्स्योरेन्सले सार्वजनिक गरेको तेश्रो त्रैमासिक विवरण अन्तर्गत चैत्र मसान्तसम्ममा २ सय ५४ जना महिला कर्मचारी कार्यरत छन् । सूचनाको हक अन्तर्गत प्रकाशित तथ्यांक अनुसार चैत्र मसान्तसम्म ६ सय ११ जना कर्मचारी कार्यरत छन् ।

Prabhu
Crest

चालू आर्थिक वर्षको दोश्रो त्रैमासम्ममा पनि कूल कर्मचारी संख्या ६ सय ११ नै भएपनि महिला कर्मचारी संख्या २ सय ५० रहेको थियो । कार्यरत जनशक्तिको आधारमा पनि शिखर इन्स्योरेन्स सबैभन्दा ठूलो रोजगारदाता निर्जीवन बीमक हो । यसअघि आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कूल ६ सय ३ जनशक्तिमध्ये २ सय ४८ जना महिला कर्मचारी कार्यरत थिए । यो कूल जनशक्तिको ४१.११ प्रतिशत हो ।

तेश्रो त्रैमासिक विवरणका अनुसार कूल जनशक्तिमा महिला कर्मचारीको हिस्सा ४० प्रतिशत भएपनि उच्च व्यवस्थापन तहमा कार्यरत महिला कर्मचारीको संख्या जम्मा १ छ । अण्डराइटिङ विभाग प्रमुखको रुपमा कार्यरत सबिता मास्के एक मात्र महिला महाप्रबन्धक हुन् । कम्पनीको उच्च व्यवस्थापकीय तहमा प्रमुख कार्यकारी अधिकृतबाहेक जम्मा ३ महाप्रबन्धक, दुई निमित्त महाप्रबन्धक र एकजना सहायक महाप्रबन्धक कार्यरत छन् । कार्यरत महाप्रबन्धकको संख्याको आधारमा महिला महाप्रबन्धक एक जनामात्र भएपनि यो ३३ प्रतिशत हो ।

शाखा प्रबन्धकको जिम्मेवारी सम्हालेका महिला कर्मचारीको संख्या पनि अन्य कम्पनीको तुलनामा उल्लेखनीय छ । कूल १ सय ३ वटा शाखा,उपशाखामध्ये १४ वटा शाखा कार्यालयको शाखा प्रबन्धकको भूमिकामा महिला कर्मचारी कार्यरत छन् । शाखा संजालको संख्याको आधारमा १३.५९ प्रतिशत शाखा कार्यालयमा महिला प्रमुख रहेका छन् । शिखर इन्स्योरेन्सको बेवसाइटका अनुसार काठमाण्डौं उपत्यकाभित्र चाबहिल, भक्तपुर, नयाँ बानेश्वर, नक्साल र काठमाण्डौं उपत्यका बाहिर रामेछाप, मुगु, हुम्ला, लेखनाथ, बागलुङ, लम्जुङ, बर्दघाट, धरान, खाँदबारी, मादी र भोजपुर शाखामा महिला प्रबन्धकले जिम्मेवारी सम्हालेका छन् ।

शिखर इन्स्योेरेन्समा माथिल्लो तहदेखि तल्लो तहसम्म महिला कर्मचारीको वर्चस्व कायम हुनु संयोगवस भएको बताउँछिन्, शिखर इन्स्योरेन्सकी अण्डराइटिङ विभाग प्रमुख तथा सूचना अधिकारी सबिता मास्के । उनका अनुसार महिला कर्मचारीलाई मात्रै प्राथमिकतामा राख्न कम्पनीले कुनै निति नियम बनाएको छैन । तर काम प्रतिको लगाव र दक्षताको आधारमा नियुक्ति गर्दा महिलाको संख्या उच्च हुन पुगेको उनको भनाई छ ।

कर्मचारीको दक्षतालाई प्राथमिकतामा राखेकै कारण कम्पनीले राम्रो प्रगती गर्दै आएको सूचना अधिकारी मास्केको भनाई छ । उनले भनिन्,”यदि हामीले महिला र पुरुषको कोटा भनेर छुट्याएको भए यो कम्पनी निर्जिवन बीमा कम्पनीमध्येकै पहिलो कम्पनी बन्न सक्ने थिएन । यसकारण कम्पनीले महिलाकै लागि भनेर कुनै कोटा छुट्याउने निति बनाएका छैनौं ।” तर कम्पनीले महिलाहरुका लागि आवश्यक पर्दा सहज वातावरण भने बनाउँदै बनाउँदै आएको छ ।

कम्पनीमा महिलालाई भित्र्याउनका लागि प्राथमिकता दिनुभन्दा पनि महिलाहरुको क्षमता, सिप र शैक्षिक योग्यताका आधारमा कम्पनीमा नियुक्ति दिने गरेको उनले बताइन् ।

त्यसैगरी नेको इन्स्योरेन्सले प्रकाशन गरेको तेश्रो त्रैमासिक विवरण अनुसार ८१ वटा शाखा,उपशाखामा कूल ४९३ कर्मचारी कार्यरत छन् । महिला कर्मचारीको संख्या खुलाइएको छैन । दोश्रो त्रैमाससम्म ७७ वटा शाखा,उपशाखामा कूल ४ सय ७१ जना कर्मचारी कार्यरत थिए भने आव २०७७।७८ को अन्त्यमा ७७ वटा शाखामा ४ सय ३१ जना कर्मचारी कार्यरत थिए ।

व्यवसायको आकारका आधारमा अर्को ठूलो निर्जीवन बीमक सगरमाथा इन्स्योरेन्सले सूचनाको हक अन्तर्गत तेश्रो त्रैमासिक विवरण आफ्नो वेवसाइटमा प्रकाशन गरेको छैन । दोश्रो त्रैमासको विवरण अनुसारा ७९ शाखा,उपशाखा कूल ४ सय २७ कर्मचारी कार्यरत छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS