Connect IPS
IME Life

यूनाइटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, मर्जरको लागि संचालक समितिलाई अख्तियारी प्रदान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अनमोल व्याङकेट काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीले यस वर्ष कुनै लाभांश प्रस्ताव गरेको छैन् । सभाले संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन, लेखापरिक्षणको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७ /७८ को वासलात, नाफा नोक्सान,हिसाब नगद प्रवाह विवरण सहितका अनुसूचिहरु पारित गरेको छ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष२०७८/७९ को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक एम. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त बाह्य लेखापरीक्षक नियुक्ती गरेको छ, तथा नीजको पारिश्रमिक निर्धाण गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै, संचालक समितिमा संस्थापक शेयरधनी समुह क को तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरु र सर्वसाधारण समुह ख को तर्फबाट २ जना गरी ६ संचालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै, बीमा समितिले तोको चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउन यस कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसंँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्णय गर्ने तथा सो सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने चल अचल सम्पति र दायित्व मुल्याङकन गर्नका लागि मान्यताप्राप्त मुल्याङकनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक लगायत मर्जर सम्बन्धी सम्पुर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७को तुलनामा यस आर्थिक वर्ष २०७७/७८ मा बीमाशुल्क आर्जन ५८ प्रतिशतले वृद्धि गरी १ अर्ब १० करोड ३३ लाख आर्जन गर्न सफल भएको छ । त्यसैगरी गत आ.व. २०७६/७७ को तुलनामा यस आ.व. २०७७/७८ मा कम्पनीको नाफामा ५ सय प्रतिशतभन्दा बढिले वृद्धि गरी १० करोड ५२ लाख कमाएको छ । आ.व. २०७७/७८को तेस्रो त्रैमासिक अवधिको तुलनामा आ.व. २०७८/७९ को सोहि अवधि सम्ममा कम्पनीको कुल बीमाशुल्क आर्जन ३८ प्रतिशतभन्दा बढीले भएको छ ।

कम्पनी बीमा शुल्क आर्जनका हिसाबले स्थापनाकाल देखि पहिलो पटक एक अर्ब क्लबमा प्रवेश गरेको छ । साथै, यस आ.व २०७७/७८को प्रगतिको मूल्यांकन बमोजिम भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफकमर्सले आयोजना गरेको एसिया स्तरको 3rdEmerging Asia Insurance Awards 2021 मा नेपालबाट निर्जीवन बीमा क्षेत्रमा दिएका महत्वपूर्ण योगदानका लागि Best General Insurance Company of the Year Award बाट यस यूनाइटेड इन्स्योरेन्स सम्मानित भएको थियो ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS