तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक एक–आपसमा गाभिने भएका छन् । दुवै बैंकबीच आइतबार (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । मर्जर सम्बन्धी सम्झौता भएसँगै यी दुवै बैंकको नेप्सेमा सेयर कारोबार रोक्का भएको छ ।
तिनाउ र मिसन गाभिएर अब प्रादेशिकस्तरको हुने भएका छन् । गाभिएपछि तिनाउ मिसन विकास बैंकको नामबाट कारोबार गर्ने सम्झौता भएको छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा हाल तिनाउको प्रमुख कार्यकारी अधिकृत रहेका प्रदिप कुमार श्रेष्ठलाई निरन्तरता दिइने प्रेस विज्ञप्तीमा जनाएको छ । हाल मिसनको सीइओ रहेका हरि प्रसाद धिमिरेलाई भने नायव सीइओको जिम्मेवारी दिइनेछ ।
तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक बीच मर्जर सम्झौता
![](https://insurancekhabar.com/wp-content/uploads/2019/03/Screenshot_24.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)