IME Life New

रेमिट्यान्स बढाउन वैदेशिक रोजगारमा रहेका श्रमिक फकाउँदै सरकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । मुलुकको अर्थतन्त्रको मेरुदण्ड सरह भूमिका निर्वाह गर्दै आएको विप्रेषण आप्रवाह(रेमिटेन्स) आम्दानी घट्दै गएपछि सरकारले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई एकपछि अर्को गर्दै आकर्षित गर्न प्रयास गरिरहेको छ ।

आगामी आर्थिक वर्ष २०७९।८० को लागी सार्वजनिक गरिएको सरकारको आय व्यय विवरण तथा कार्यक्रममा समेत वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई थप सुविधाको घोषणा गरिएको छ । रेमिट्यान्स पठाउनेलाई पासर्पोट, श्रम स्वीकृति नविकरण र कन्सुलर सेवाशुल्कमा ५० प्रतिशत छुट सुविधाको घोषणा गरिएको छ ।

Esewa
Crest

यसअघि विप्रेषण आप्रवाहमार्फत् प्राप्त हुने रकम बैंक तथा वित्तीय संस्थाको बचत खातामा जम्मा गर्दा अन्य बचतकर्ताभन्दा थप एक प्रतिशत ब्याज दिने प्रावधान नेपाल सरकारले नेपाल राष्ट्र बैंकमार्फत् लागू गरिसकेको छ । यसले स्वदेशमा रहेका आफन्तलाई वैधानिक माध्यमबाट रकम पठाउनको लागी वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई प्रेरित गरेको छ ।

यद्दपि केही बैंकका कर्मचारीको सुझावमा नेपालभित्रै भएको आम्दानी समेत विदेशबाट प्राप्त रेमिटेन्स हो भन्ने स्वघोषणामार्फत् बैंकरले अतिरिक्त ब्याज दिएर मुद्दती निक्षेप रोक्ने प्रयास गरिरहेको गुनासो भने सुनिएको छ ।

यसबाहेक विदेशमा रहेका नेपालीले नेपालको कुनै पनि वाणिज्य बैंकमा डलर खाता खोल्न पाउने सुविधा समेत दिइएको छ । डलर खातामा रकम जम्मा गर्ने र आफूलाई आवश्यक परेका बेला राष्ट्र बैंकको स्वीकृतिमा वैधानिक माध्मममार्फत् फिर्ता लैजान सकिने सुविधा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS