IME Life New

रक्सी र चुरोटमा बढेन कर, बियरमा बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा चुरोट र रक्सीको करलाई यथावत राखेको छ । तर वियरमा लाग्दै आएको करमा भने प्रतिलिटर ३० रुपैयाँले बढाएको छ ।

जौबाट बनेको बियरमा यसअघि प्रतिलिटर १९८ प्रतिलिटर रहेकोमा बढाएर २२८ रुपैयाँ पुर्‍याएको छ। जसअनुसार ६५० एमएल बियरको मूल्य साढे १९ रुपैयाँ बढ्ने भएको छ। सरकारले इनर्जी ड्रिङ्सको कर पनि प्रतिलिटर १४ रुपैयाँले बढाएको छ। गत वर्ष ३६ रुपैयाँ प्रति लिटर रहेको कर सरकारले ५० रुपैयाँ पुर्‍याएको छ।

Esewa
Crest

त्यसैगरी, सरकारले ब्याट्रीको क्षमताअनुसार बिजुली गाडीको अन्त: शुल्क र भन्सार २० प्रतिशतले बढाएको छ। १५ सय सीसीभन्दा बढीको गाडीमा अन्त: शुल्क पाँच प्रतिशतले बढाएको छ।

यस्तै, सरकारले इन्टरनेट र दूरसंचार सेवामा पनि कर घटाएको छ। दूरसंचार सेवा दस्तुरवापत यसअघि १३ प्रतिशत लिँदै आएकोमा घटाएर १० प्रतिशत कायम गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS