काठमाडौं । सरकारले एक परिवार एक बीमा अवधारणालाई अगाडी सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत एक परिवान एक बीमा अवधारणालाई साकार पार्न आवश्यक कार्यक्रम सञ्चालन गरी स्थानीय तहसम्म बीमाको पहुँच विस्तार गर्ने व्यवस्था गरेका छन् । बीमा महाविपत्ती बण्ड जारी गर्ने सम्बन्धमा पनि आवश्यक अध्ययन गर्ने बजेटमा उल्लेख छ ।
सरकारले राष्ट्रिय बीमा नीति र विपद् जोखिम बीमा रणनीति तर्जुमा गरी कार्यान्वयन गर्ने भएको छ ।