काठमाडौं । सरकारले कर्मचारीको तलब बढाएको छ। सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको हो। यसअघि दिँदै आएको मासिक २ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको छ। सरकारी कर्मचारीको तलब ३५ सयदेखि १०२६० रुपैयाँसम्म बढेको छ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट व्यक्तव्य मार्फत तल बढाउने घोषणा गरेका हुन् । तलब शिक्षक, सेना, प्रहरीको पनि बढ्ने छ। यसबाट पेन्सन पाउनेहरुको पनि आम्दानी बढ्ने छ।