काठमाडौं । सरकारले स्थानीय तह मार्फत एक परिवारलाई एउटा इन्डक्सन चुल्हो दिने घोषणा गरेको छ । बिजुली नपुगेको ठाउँमा सुधारिएको चुल्हो दिने भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै स्थानीय तह मार्फत एक परिवारलाई एक विद्युतीय चुल्हो अनुदानमा वितरण गरिने बताएका हुन् ।
यसैगरी विद्युतको पहुँच बाहिर रहेका परिवारका लागि धुँवामुक्त बनाउन सुधारिएको चुल्हो बनाउन सहयोग गर्ने उल्लेख छ। विद्युत खपत बढाउन इन्डक्सन चुल्हो अनुदानमा उपलब्ध गराउन लागिएको हो ।