काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएकी छिन् । नीति तथा कार्यक्रममा कृषि र केही ठूला पुर्वाधार आयोजनाहरु अगाडि बढाएर आत्मनिर्भर अर्थतन्त्र बनाउने उद्देश्य राखिएको छ ।
व्यवसायिक कृषिका साथै आयात प्रतिस्थापन गर्ने वस्तु उत्पादन गर्ने दिशामा सरकारको कार्यक्रम लक्षित हुने बताइएको छ । अर्थमन्त्रालयको टिमले बनाएको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्ले पारित गरिसकेको छ । सरकारले तय गर्ने नीति तथा कार्यक्रमकै जगमा आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिन्छ ।