Connect IPS
IME Life

राष्ट्रिय बीमा कम्पनीको ५ वर्षको लेखापरीक्षण प्रतिवेदन स्वीकृत, तत्काल लाभांश दिन नपाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले राष्ट्रिय बीमा कम्पनीले पेश गरेको ५ वर्षको लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरेको छ । कम्पनीले समितिबाट २०६८/६९, २०६९/७०, २०७०/७१, २०७१/७२, २०७२/७३ सम्मको लेखापरिक्षण प्रतिवेदन स्वीकृत गराएको छ । समितिले लाभांश वितरण नगर्ने सर्तमा लेखापरीक्षण स्वीकृत गरेको कम्पनीका अध्यक्ष उमेश चन्द्र उपाध्यायले जानकारी दिए ।

बीमा समिति, अर्थमन्त्रालय र महालेखापरीक्षकको कार्यालयका प्रतिनिधिहरुको रोहबरमा विवादित विषयलाई समाधान गरिएको उनले बताए । कम्पनीले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को लेखापरीक्षणको काम गरिरहेको छ । केहि महिना भित्रै उक्त काम सकिने अध्यक्ष उपाध्यायले जानकारी दिए । त्यसपछि मात्रै कम्पनीले लाभांश दिन पाउनेछ । अवको दुई महिना भित्रमा यो काम सकिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

लाभांश दिन नपाउने भएकाले कम्पनीले तत्काल साधारणसभा बोलाउने योजना बनाएको छैन । कम्पनीले यस पछिका दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन तयार पार्ने र आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफाबाट बल्ल लाभांश दिने योजना बनाएको छ ।

तर बजारमा भने कम्पनीले अहिलेसम्म लेखापरीक्षण भइसकेका वर्षमा रहेको सञ्चित मुनाफाबाट सत प्रतिशत लाभांश दिने हल्ला मच्चाइएको छ । बीमा समितिले नै लाभांश नदिने सर्तमा लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरेकाले यो सम्भव देखिदैन ।

कम्पनीका कर्मचारीहरुले हर हिसाव व्यवस्थित रुपमा राख्न नसक्दा यस्तो समस्या देखिएको हो । तर सधै लेखापरीक्षण नहुने अवस्थालाई समाधान गर्नका लागि बीमा समितिले कम्पनीलाई धेरै हदसम्म सहजिरण गरिदिएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख ६३ हजार रुपैयाँ रहेको छ । लेखापरीक्षण गर्न नसक्दा कम्पनीले यस अगाडीकै क्यापिटल प्लान पुरा गर्न सकेको छैन । बीमा समितिले ५ वर्षको अन्तरालमा दोस्रो क्यापिटल प्लान ल्याइसकेको छ । पछिल्लो क्यापिटल प्लान पुरा गर्न कम्पनीले २ अर्ब २३ करोड रुपैयाँ जुटाउनु पर्नेछ ।

कम्पनीले लेखापरीक्षण प्रतिवेदन तयार पार्न सक्यो भने तोकिएको पूँजी जुटाउन कम्पनीलाई कुनै पनि समस्या पर्ने देखिदैन । कम्पनीको जगेडा कोषमा तीन अर्ब भन्दा धेरै रकम भएको हुँदा कम्पनीले समस्याको गाठो फुके सँगै सजिलै तोकिएको पूँजी पुरा गर्न सक्ने देखिन्छ ।

त्यसैले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य धेरै माथि छ । कम्पनीको संस्थापक शेयर पूँजीको हिस्सा ८७.७५ प्रतिशत रहेको छ भने सार्वसाधारणको शेयर पूँजी हिस्सा जम्मा १२.२५ प्रतिशत मात्रै छ । यसले गर्दा सर्वसाधारण समुहको शेयर मूल्य धेरै माथि रहेको हो ।

शेयर बजार तल्लो विन्दुमा झर्दा पनि कम्पनीको शेयर मूल्य १५३५० रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै २४३७० रुपैयाँसम्म पुग्यो । बोनस दिने हल्लाले सोमबार कम्पनीको शेयर मूल्य १५४०५ रुपैयाँसम्म पुग्यो । आजै १०५८ कित्ताको खरिद बिक्री हुँदा एक करोड ६० लाख रुपैयाँको कारोबार भयो ।

बीमा समितिले कम्पनीहरुलाई गत चैत १० गते एक महिना भित्रमा क्यापिटल प्लान पेश गर्न निर्देशन दिएको थियो । तर राष्ट्रिय बीमा कम्पनीले भने क्यापिटल प्लानका लागि तीन महिनाको समय माग गर्दै बीमा समितिमा निवेदन दिएको थियो । समितिले उक्त निवेदनको उत्तर दिएको छैन तर सरकारी स्वामित्वको कम्पनी भएकालाई कुनै पनि निर्देशन दिएको छैन । बीमा समिति पनि कम्पनीको यस्तो समस्या छिट्टै समाधान होस् भन्ने चाहन्छ । अझै ५ आर्थिक वर्ष २०७३/७४, २०७४/७५, २०७५/७६, २०७६/७७ र २०७७/७८ को लेखापरीक्षण गर्न बाँकी छ ।

सरकारले ज्ञानेन्द्र राज ओझालाई यहि नभएको लेखापरीक्षण प्रतिवेदन पुरा गर्न ६ महिनाका लागि नियुक्त गरेको हो । ओझाले २०७१/७२ र २०७२/७३ को लेखापरीक्षण प्रतिवेदनमा सहजिकरण गरे सँगै अव बाँकी रहेको ५ आर्थिक वर्षको पनि सजिलै पुरा गर्ने अपेक्षा गरिएको छ । कम्पनीले पछिल्ला दुई आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को लेखापरीक्षण एनएफआरएस अनुसार तयार पार्नु पर्ने भएकाले कम्पनीलाई केहि समय लाग्नसक्छ । तर कम्पनीको ठुलो समस्याको रुपमा रहेको अघिल्ला ५ वर्षको लेखापरीक्षण पुरा भए सँगै ओझाले बाँकी आर्थिक वर्षको सजिलै पुरा गर्ने देखिन्छ ।

सरकारले ओझालाई पठाउदा हुन नसकेको लेखापरीक्षण प्रतिवेदन पुरा गर्ने र प्रमुख कार्यकारी अधिकृतको नियुक्तिमा सहजिकरण गर्ने भनेर पठाएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS