IME Life New

निर्जीवन बीमा कम्पनीहरुको बीमा कोष १८% ले बढ्यो, कोषमा १६ अर्ब ४२ करोड संचिती,कुनको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७८ /७९ को तेस्रो त्रैमाससम्ममा वित्तीय विवरण प्रकाशन गरेका १९ निर्जीवन बीमा कम्पनीहरुको बीमा कोषमा १६ अर्ब ४२ करोड ५७ लाख ९५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुको बीमा कोषमा १३ अर्ब ९१ करोड ७३ लाख १६ हजार रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको बीमा कोषमा १८ दशमलव ०२ प्रतिशतले रकम बृद्धि भएको हो ।

यस अवधिसम्ममा वित्तीय विवरण प्रकाशन गरेका १९ कम्पनीमध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको बीमा कोष बलियो देखिएको छ । यस अवधिसम्ममा कम्पनीको बीमा कोषमा २ अर्ब ६० करोड १५ लाख २४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा २ अर्ब ३८ करोड ५० लाख २२ हजार रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोष ९ दशमलव ८ प्रतिशतले बढी हो ।

Esewa
Crest

दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ दशमलव ३५ प्रतिशतले बीमा कोष बृद्धि गरी १ अर्ब ४७ करोड ८७ लाख २० हजार रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब २३ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।
तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको बीमा कोषमा १ अर्ब २७ करोड रुपैयाँ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोष २६ दशमलव १७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब ७१ लाख रुपैयाँ रहेको थियो ।

चौथोमा यस अवधिसम्ममा सगरमाथा इन्स्योरेन्स कम्पनीको बीमा कोषमा ९५ करोड ६६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ९५ करोड ६६ लाख रुपैयाँ हरकेो छ ।

यस अवधिमा ओरिएण्टल इन्स्योरेन्स कम्पनीको बीमा कोषमा १ अर्ब १४ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषमा रकम २४ प्रतिशतले बढी हो । यस अवधिमा एनएलजी इन्स्योरेन्स कम्पनीको बीमा कोषमा १ अर्ब ११ करोड ४ लाख रुपैयाँ रहेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बीमा कोषमा १ अर्ब ९ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, यस अवधिमा प्रिमियर इन्स्योरेन्स कम्पनीको बीमा कोषमा ९६ करोड ६० लाख रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीको बीमा कोषमा ९० करोड ७४ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बीमा कोषमा ७७ करोड १७ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बीमा कोषमा ६७ करोड ४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीको बीमा कोषमा ६५ करोड ८३ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बीमा कोषमा ६५ करोड ३६ लाख रुपैयाँ, आइएमई इन्स्योरेन्स कम्पनीको बीमा कोषमा ५५ करोड ४५ लाख रुपैयाँ बीमा कोषमा रहेको छ ।

५० करोडभन्दा कम बीमा कोष भएका कम्पनी
यस अवधिमा एभरेष्ट इन्स्योेरेन्सको ४६ करोड ६८ लाख, यूनाइटेड इन्स्योरेन्सको ४० करोड १५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जनरल इन्स्योरेन्स कम्पनीको १९ करोड ४ लाख रुपैयाँ, अजोड इन्स्योरेन्स कम्पनीको १५ करोड ५२ लाख, सानिमा जनरल इन्स्योरेन्सको १४ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

बृद्धिको आधारमा हेर्ने हो भने यस अवधिसम्ममा सबैभन्दा धेरै जनरल इन्स्योरेन्स कम्पनीले बीमा कोषको आकार बढाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बीमा कोष ११५ दशमलव ३३ प्रतिशतले बृद्धि गरी १९ करोड ४ लाख रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ८ करोड ८४ लाख रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS