IME Life New

यूएईमा बेरोजगारी अवधिको लागी नेपाली श्रमिकलाई क्षतिपूर्ती उपलब्ध गराउने घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली श्रमिकहरुको रोजाईको गन्तव्य यूएइको सरकारले बेरोजगार श्रमिकहरुलाई क्षतिपूर्ती उपलब्ध गराउने घोषणा गरिएको छ ।

दक्ष वैदेशिक श्रमिकलाई यूएईमा आकर्षित गर्ने उद्देश्यले यूएईको मन्त्री परिषद्ले सोमबार बीमा मार्फत् लागू गर्न लागिएको क्षतिपूर्ती सम्बन्धी प्रावधानले एक्कासी रोजगारी गुमाउन पुग्ने श्रमिकलाई सीमित अवधिको लागी राहत स्वरुप नगद क्षतिपूर्ती उपलब्ध गराउने निर्णय गरेको हो । बीमा कार्यक्रम अन्तर्गत समेटिएको श्रमिकले अर्को रोजगारी नपाउँदासम्मको अवधिको लागी क्षतिपूर्ती उपलब्ध गराइनेछ ।

Esewa
Crest

अन्तर्राष्ट्रिय श्रम बजारमा यूएईको प्रतिस्पर्धा वृद्धि गर्न, श्रमिकको सुरक्षा र एक स्थिर रोजागारीको वातावरण निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिंदैछ, महामहिम शेख मोहम्मद बिन रसिद अल मकतूम, को उपराष्ट्रपति र प्रधानमन्त्री र दुबईको शासकले ट्वीट गरेका छन् ।
कानूनले रोजगार बजारमा यूनाईटेड अरब इमिरेट्सको प्रतिस्पर्धात्मकता बढाउनुका साथै उत्तम अन्तर्राष्ट्रिय प्रतिभालाई आकर्षित गर्ने लक्ष्य राखेको छ । शेख मोहम्मद वा उनको कार्यालयले योजनाको बारेमा थप विवरणहरु सार्वजनिक गरेको छैन ।

यो घोषणाबाट रोजगारीको शिलशिलामा युएइको आबुधाबी, दुबई, अजमान लगायत गन्तव्यमा पुगेका नेपाली  श्रमिकहरु समेत लाभान्वित हुनेछ । यसअघि एक्कासी बेरोजगार हुँदा आफ्नै खर्चमा बस्नुपर्ने वा घर फर्किनुपर्ने बाध्यात्मक अवस्था रहेको थियो ।

युएईको यो कदम हालैका महिनाहरूमा विश्वव्यापी प्रतिभालाई आकर्षित गर्न र कायम राख्नको लागि घोषणा गरिएको सुधारको कडीमा सबैभन्दा नयाँ हो। दक्ष पेशेवर, स्वतन्त्र, लगानीकर्ता र उद्यमीहरूलाई आकर्षित गर्न भर्खरै घोषणा गरिएको पाँच वर्षे ग्रीन भिसाले आवास अनुमति रद्द वा म्याद सकिएपछि पनि थप छ महिनासम्मको बसोबास लम्ब्याउन सक्ने गरी ग्राह्यता प्रदान गरेको छ ।

यूएइले रोजगारी खोज्ने भिसा पनि लागू गरेको छ। यो सुविधाले विशेष गरी रोजगारी खोज्न विदेशीहरूलाई यूएईमा प्रवेश गर्न दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS