IME Life New

बजेटका लागि जेठ तीन गते संघीय संसदको अधिवेशन बोलाउन सिफारिस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बजेटलाई लक्षित गर्दै जेठ ३ गते स‌ंघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०७९/८० को बजेट संसद मार्फत सार्वजनिक गर्नु पर्छ । त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ ।

Esewa
Crest

सरकारका अनुसार  जेठ ३ गते अर्थमन्त्री जनादर्न शर्माले बजेटको प्राथमिकताका विषय सदनसमक्ष पेश गर्नेछन् । त्यसपछि जेठ ४ गते प्रिबजेट छलफल हुनेछ र अर्थमन्त्रीले जवाफ दिएपछि जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS