केही दिन पहिले मात्रै सञ्चालनमा आएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले दुई अर्ब चुक्तापूँजीमा ३० प्रतिशतले हुन आउने रकम बराबरको आईपिओ सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । आईपिओ निष्कासनपछि संस्थापक ७० प्रतिशत तथा सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व हुनेछ । २ अर्ब १५ करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीका प्रवद्र्धकमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयरग्रुपको लगानी रहेको छ ।