IME Life New

बजार अनुगमनमा वाणिज्य विभागको सक्रियताः विभिन्न व्यापारिक फर्मलाई कारवाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं . वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, विभिन्न बहानामा अस्वभाविक मूल्य वृद्धि गर्ने र प्रतिबन्धित सामग्रीको बिक्री वितरण तथा उपभोग नगर्न सबैलाई आग्रह गरेको छ।

विभागका महानिर्देशक लिला प्रसाद शर्माले कुनै पनि बहानामा उपभोक्तालाई मर्का पर्ने गरी अवाञ्छीत क्रियाकलाप गरेको पाइएमा विभागले कडा कारवाही गर्ने  बताए . उनलेले हाल दैनिक कम्तिमा ४ वटा अनुगमन टोलीले बजार अनुगमनको काम गरिरहेको र गलत कार्य गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानून बमोजिम सजाय तथा जरिवाना हुने स्पष्ट पारे ।  महानिर्देशक शर्माले आम उपभोक्तालाई पनि कही कसैबाट अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय तह, स्थानीय  प्रशासन, हेलो सरकार वा विभागको पैसा नलाग्ने टोल फ्री नं. ११३७ मा जानकारी दिनसमेत अपिल गरेका छन् ।

Esewa
Crest

विभागको अनुगमन टोलीले बजारमा ग्यासको अभाव भएको जनगुनासोबारे नजिकबाट अनुगमन गरिरहेको र अनुगमनका क्रममा गएको एकसातामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कैफियत देखिएका विभिन्न ग्यास डिपोहरुलाई कारबाही गरेको छ । त्यसमध्ये काठमाडौं महानगरपालिका ३४ सहयोगीनगरको  डिपोलाई खरिद बिल नभएको, महानगरपालिका ३२ सुविधानगरको डिपोलाई बिल नभएको,  महानगरपालिका २९ अनामनगरमा रहेका दुई डिपोले उपभोक्ता कानुन पालना नगरेको, अनुगमनमा असहयोग गरेको,  चन्द्रागिरी नगरपालिका १५ र १४ मा अनुगमनका क्रममा खरिद बिल नदेखिएको साथै ललीतपुर महानगरपालिका १२ को डिपोलाई अनुगमनमा असहयोग गरेको  लगायतका कसुरमा विभिन्न कारवाही तथा जरिवाना गरिएको पनि विभागले जनाएको छ।

यसैगरी विभागले बिहीबार अनुगमनको क्रममा नेपालमा आयात प्रतिबन्धित इनर्जी ड्रिङ्स खुलेआम बिक्री वितरण गर्ने विभिन्न पसललाई समेत कारबाही गरेको छ । सरकारले क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थको बिक्री वितरण तथा कारोबार रोक लगाइएकोमा खुलेआम बिक्री भइरहेको सूचना पाएपछि विभागले बजार अनुगमन गर्दा काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा रहेका एरिका लिक्वेयर सप, गोर्खाली सञ्जिव किराना तथा फलफूल पसल, स्वर्गद्वारी कोल्ड स्टोर, जसवाल जुस एण्ड फ्रुट, रिजाल गुदपाक भण्डार र एमजी ग्रुप मल्टिप्रपोज कम्पनीबाट ६५ क्यान इनर्जी ड्रिङ्स बरामद गरेको हो। उनीहरुलाई तारेखमा राखेर थप छानविन भइरहेको महानिर्देशक शर्माले जानकारी दिए । यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटारलगायत क्षेत्रबाट २०२ कार्टुन रेडबुल बरामद गरेको थियो। सरकारले २०७६ असार २ मा राजपत्रमा सूचना प्रकाशित गरी क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ बिक्री वितरणमा रोक लगाएको थियो।

विभागले गत चैत महिनामा पनि हार्डवेयर १३, खाद्यवस्तु २१, अन्य ६, तरकारी तथा फलफूल ५, किराना पसल ४, ग्यासका तीन, मार्ट मिनिमार्ट तीन, डिपार्टमेन्ट स्टोर दुई, मदिरा एवम् सुर्तिजन्यका दुई वटा गरी एक सय ५० वटा फर्ममा अनुगमन गरेको थियो । त्यसैगरी जुत्ता चप्पलका एक, फर्निचर एण्ड फिक्वर्सका एक, डेरी प्रोडक्टका एक, कस्मेटिकका एक र अटो पार्ट्सको एक फर्ममा अनुगमन गरेकोमा ७४ वटालाई जरिवाना गरिएको र २४ लाख ८१ हजार मूल्य बराबरका ११ वटा फर्मको सामान नष्ट गरिएको महानिर्देशक शर्माले जानकारी दिए । त्यस्तै, ३० वटा फर्मलाई आवश्यक कागजात माग गरिएको विभागले जनाएको छ।

यसअघि वैशाख ८ गते पत्रकार सम्मेलन गरी विभागले चालु आर्थिक वर्षको त्यस अवधिसम्म २१८७ व्यापारिक फर्महरुमा अनुगमन गरी कैफियत देखिएका १०१२ फर्मलाई कारवाही स्वरुप १ करोड १८ लाख ८७ हजार पाँच सय रुपैयाँ जरिवाना गरेको जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS