IME Life New

विलासिताका बस्तुको आयातमा प्रतिवन्ध, यि हुन सरकारले आयातमा रोक लगाएका बस्तुहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उद्योग बाणिज्य तथा उपभोग मन्त्रालयले चालु आर्थिक वर्षको असार मसान्तसम्मको लागि कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका मदिरा, चुरोट तथा सुर्तीजन्य बस्तु, हिरा, मोबाइल सेट, रंगिन टेलिभिजन, २५० सिसी भन्दा माथि क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौना, खेल्ने तासको आयातमा पुर्ण प्रतिबन्ध लगाएको छ ।

नेपाल सरकारले राजपत्रमा सूचना जारी गर्दै २०७९ असार मसान्तसम्मका लागि आयातमा पुर्ण प्रतिबन्ध लगाएको हो । यस भन्दा अगाडी सरकारले मौखिक रुपमा प्रतिवन्ध लगाउदै आएकोमा औपचारिक रुपमै यसरी प्रतिबन्ध लगाएको हो ।

Esewa
Crest

बढ्दो व्यापार घाटा र बैदेशिक मुद्रा संचितिको अवस्थालाई मध्यनजर गर्दै यसरी प्रतिबन्ध लगाएको हो । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई सुनचाँदी आयातका लागि प्रतितपत्र नखोल्न मौखिक निर्देशन दिइसकेको छ । अहिले नेपालमा सुन चाँदीको आयात गर्न पाइदैन ।

2079-saal-asaar-msaantsmm-paitthaariimaa-puurnn-bndej-lgaaeko-suucnaa

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS