Connect IPS
IME Life

ननट्यारिफ बीमा निर्देशिका एक साताका लागि स्थगन, दर परिमार्जनको लागि कार्यदल गठन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादक संघको लगातारको विरोध र आन्दोलन पनि बीमा समितिले एक साताका लागि ननट्यारिफ सम्बन्धी निर्देशिका स्थगत गर्ने निर्णय गरेको छ । एक सातामा कार्यदल गठन गर्ने र उक्त कार्यदलले अध्ययन गर्ने सहमति भएको छ । उक्त कार्यदलले एक साता भित्रमा अध्ययन गरेर प्रतिवेदन बुझाउने छ । कार्यदलको सुझाव पछि नन ट्यारिफ बीमा व्यवसायदर निर्धारण हुनेछ ।

बीमा समितिले गत असोज ६ गते निर्जिवन बीमा कम्पनीहरुका लागि जारी गरेको Minimum Premium Rate for Non-Tariff Insurance Business निर्देशिका फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने धम्की दिए पछि समितिले अवको एक साता यो पोलिसी बिक्री नगर्न कम्पनीहरुलाई निर्देशन दिएको छ ।

Prabhu
Crest

यो निर्देशिका एक साताका लागि स्थगन मात्रै भएको हो तर बन्द भने नभएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । यस अवधिमा बीमा कम्पनीहरुले यस्तो पोलिसी बिक्री गर्न नपाउने उनले बताए । कार्यदलले बीमाको दर प्रस्ताव गरे पछि मात्रै यो कार्यान्वयनमा आउने उनले बताए ।

गत विहिबारदेखि निर्माण व्यवसायी र उर्जा उत्पादकहरुले रिले अनसन गर्दै आइरहेका थिए । उनिहरुले यो निर्देशिका नै खारेज गर्नुपर्ने माग राख्दै आएका छन् । लगभग सित्तैमा बीमा गर्दै आइरहेका निर्माण व्यवसायी र उर्जा उत्पादकहरुले यो निर्देशिका जारी गरे सँगै ठुलो रकम प्रिमियमका रुपमा तिर्नुपर्ने भए पछि आन्दोलनमा उत्रिएका हुन् । निर्माण कार्य नै रोकेर व्यवसायीहरु आन्दोलनमा उत्रिए पछि उनिहरुकै आग्रहमा समितिले अहिलेलाई स्थगित गरेको हो ।

कार्यदलको नेतृत्व बीमा समितिले गर्नेछ । जसमा बीमा कम्पनीका प्रतिनिधिहरु, इप्पानका प्रतिनिधि, निर्माण व्यवसायीका प्रतिनिधि, सर्भेयरको प्रतिनिधिहरु रहनेछन् । यस कार्यदलले एक साता भित्रमा प्रतिवेदन तयार पारेर नयाँ दरका लागि सुझाव दिनु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS