IME Life New

निर्माण व्यवसायीको दादागिरी, बीमा समितिले छलफलमा बोलाउदा बोलाउदै भोलिदेखि धर्नामा बस्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले नन ट्यारिफ बीमा व्यवसायको दर फिर्ता नलिएको भन्दै निर्माण व्यवसायीहरुले भोलिदेखि बीमा समितिमा धर्ना बस्ने चेतावनी दिएका छन् । बीमा समितिका पदाधिकारीहरलाई नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुले फोन गरेर भोलिदेखि अनसन बस्ने जानकारी दिएका छन् । जवकी बीमा समितिले यहि विषयलाई लिएर सोमबार सरोकारवाला पक्षहरु सँग छलफल कार्यक्रम आयोजना गरेको छ ।

बीमा समितिले उनिहरुको माग संबोधन गर्न लगातार ‘प्रोएक्टिभ्ली’ काम गर्दा गर्दै समितिलाई धम्कीपुर्ण भाषा प्रयोग गर्दै अनसन बस्ने चेतावनी दिएका हुन् । समितिले सोमबार निर्माण व्यवसायी, नेपाल बीमक संघ, उद्योग बाणिज्य महासंघ, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, सहरी विकास, सार्वजनिक खरिद अनुगमन कार्यालय लगायत सरोकारवाला पक्षहरु सँग अन्तर्क्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनले भने ‘हामीहरुले उहाँहरुकै माग संबोधन गर्ने उद्देश्यले लगातार काम गरिरहेकाले उहाँहरु अनसनमा बस्नुको कुनै औचित्य छैन ।’

Esewa
Crest

बीमा समितिले सबैका कुराहरु सुनेर आवस्यक परेमा दर तथा प्रकृयाँ परिवर्तन गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ । तर निर्माण व्यवसायीहरुले धम्कीपुर्ण भाषा प्रयोग गर्दै बढाइएका दरहरु फिर्ता लिन दवाव दिदै आएका छन् । उनिहरुले यस अगाडी प्रधानमन्त्री शेर बहादुर देउवादेखि लिएर उच्च पदस्थ व्यक्तिहरुलाई समेत भेटर बढाइएको दर फिर्ता गराउन अनुरोध गर्दै आइरहेका थिए ।

बीमा समितिले गत असोजमा नन ट्यारिफ व्यवसायको न्युनतम दर निर्धाण गरिदिएको थियो । बीमा कम्पनीहरुले निर्माण व्यवसायीहरुसँग थोरै शुल्कमा ठेक्कामा लागेका आयोजनाको बीमा गराउदै आएका थिए । बीमा कम्पनीले सित्तैमा बीमा गर्न थाले पछि समितिले दर निर्धारण गरिदिएको हो । अर्को तर्फ दशकौदेखि एउटै रेटमा बीमा गर्दा पुनर्बीमा कम्पनीहरुसँग पुनर्बीमा गराउन समस्या हुनुका साथै दाबी भुक्तानीमा समेत समस्या देखिन थाले पछि बीमा समितिले बाध्य भएर दर निर्धारण गरिदिएको थियो ।

सित्तैमा बीमा पोलिसी खरिद गर्दै आएका निर्माण व्यवसायी धेरै प्रिमियम भुक्तानी गर्नु पर्ने भए पछि रुष्ट भएका हुन् । कागजमा मात्रै बीमा गर्ने बानी परेका निर्माण व्यवसायीहरुले पछिल्ला दिनमा बीमा कम्पनीहरुलाई धम्क्याउदै कागजमा मात्रै भए पनि बीमा पोलिसी दिन धम्की दिदै आएका छन् । तर बीमा समितिले कम्पनीलाई यस्तो पोलिसी जारी गरेको पाइएमा कारबाही गर्ने बताउदै आएको छ । बीमा समितिको नियमनमा थप कडाइ भए पछि निर्माण व्यवसायी बीमा समिति प्रति नै रुष्ट भएका हुन् । बीमा समितिले वार्ता र छलफलमा आएर वास्तविकता बुझ्न निर्माण व्यवसायीलाई अनुरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS