Connect IPS
IME Life

बजेट खर्चमा सरकार असफल, पूँजीगत खर्च जम्मा २७.७६ प्रतिशत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकार बजेट खर्चमा असफल देखिएको छ । अर्थमन्त्री जनार्दशन शर्माले सुरुवाती दिनमा बजेट खर्चको विषयमा जति सुकै भाषण दिए पनि उनको उपलब्धी लगभग सून्य जस्तै छ । बैंकिङ प्रणालीमा तरलता अभाव चुलिएको समयमा छिटो भन्द छिटो बजेट खर्च बढाउनुको सट्टा यस वर्ष झन् खर्चै हुन सकिरहेको छ ।

हालसम्म सरकारले ५० प्रतिशत मात्रै खर्च गरेको छ । जवकी आर्थिक वर्ष सकिन अव तीन महिना पनि छैन । चालु खर्च ६०.२६ प्रतिशत मात्रै भएको देखिन्छ । तर पूँजीगत खर्च धेरै नै नाजुक अवस्थामा छ । सरकारले हालसम्म २७.७६ प्रतिशत मात्रै खर्च गरेको छ । त्यस्तै वित्तीय खर्च ३८.१ प्रतिशत मात्रै छ ।

Prabhu
Crest

सरकारले जम्मा ८ खर्ब १९ अर्ब रुपैयाँ खर्च गर्दा चालु तर्फ ६ खर्ब ४१ अर्ब रुपैयाँ भएको छ । तर पूँजीगत खर्च जम्मा एक खर्ब चार अर्ब रुपैयाँ मात्रै छ । समयमा ठेक्का नलाग्ने र असारको अन्तिममा गएर खर्च गर्ने परिपाटीका कारण पनि समयमा खर्च हुने गरेको छैन ।

सरकारले राजस्व संकलन तर्फ भने राम्रै उपलब्धी हासिल गरेको छ । सरकारले कर बापत ७ खर्ब ३३ अर्ब रुपैयाँ संकलन गरेको छ । गैर कर तर्फ ६२ अर्ब ४४ करोड रुपैयाँ उठाएको छ । हालसम्म सरकारले अन्तर्राष्ट्रिय सहयोगबाट १३ अर्ब ८८ करोड रुपैयाँ संकलन गरिसकेको छ । सरकारले राजस्व संकलनको ६७ प्रतिशत लक्ष्य पुरा गरिसकेको छ । यस अवधिमा सरकारले ७ खर्ब ९५ अर्ब रुपैयाँ राजस्व संकलन गर्दा खर्च भने ८ खर्ब १९ अर्ब रुपैयाँको भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS