Connect IPS
IME Life

दोस्रो बजारमा हाईड्रोको शेयरले बगाउने क्रम जारी, ९ कम्पनीको बजार मूल्य १०० मुनि

SPIL
NIC ASIA new
Sanima Reliance

हाइड्रोपावरको आईपीओ निष्काशन गर्दा स्थानीयले  पूर्ण आवेदन नदिने र सर्वसाधारण जनतालाई शेयर बिक्री गर्न पनि कम्पनीलाई हम्मे हम्मे पर्ने गरेको छ । विज्ञापनमा राम्रै रकम खर्च गरेर आईपीओको सूचना निकाले पनि लगानीकर्ताले मरिहत्ते गरेर शेयर हाल्न छोडेका छन् । यसको प्रमुख कारण भनेको दोश्रो बजारमा हाईड्रो कम्पनीको शेयरको मूल्य नै हो । ९ हाईड्रोको बजार मूल्य १०० भन्दा मुनि छ । यो कारणले पनि लगानीकर्ताहरु त्यति आकर्षित भएका छैनन् ।

प्रत्यक्ष नियामक निकायको अभाव संगै हाईड्रोपावरमा लगानीकर्ताहरुको विस्वास घट्दै छ । कम्पनीको प्रति मेगावाट लागतमा प्रत्यक्ष निगरानी गर्ने निकायको अभावले गर्दा हाईड्रोपावर सेक्टर प्रति नै लगानीकर्ताको विश्वास घट्दै आएको छ । यसै बीच प्रति मेगावाट लागत निकै धेरै भएका, ग्रेडिङ्ग गर्दा खराब रेटिङ्गआएका कम्पनीहरुलाई आईपिओ अनुमति दिदा हाईड्रोपावरको दोश्रो बजारमा रुची घटेको जानकार बताउँछन ।

Prabhu
Crest

नेपाल स्टक एकसेञ्जमा हाल २५ वटा हाईड्रोपावर कम्पनी सुचिकृत छन् । हाईड्रोपावर कम्पनीलाई सुनको अण्डा उत्पादन गर्ने कम्पनीको रुपमा प्रस्तुत गर्दै आए पनि दोश्रो बजारमा भने लगानीकर्ताले निकै फरक अनुभूति लिदै आएका छन् ।

फाल्गुन २३ गतेको बजार मुल्य हेर्दा २५ हाईड्रोपावर कम्पनीको औसत बजार मुल्य प्रति कित्ता १५० रहेको छ ।

सबै भन्दा धेरै मूल्य रहेको हाईड्रोपावर चिलिमे हाईड्रोपावर रहेको छ । चिलिमेको बजार मूल्य प्रति कित्ता ५०७ मा कारोवार भएको छ भने सबै भन्दा कम मूल्य रहेको हाईड्रोपावर नेशनल हाईड्रोपावर रहेको छ । कम्पनीको बजार मूल्य प्रति कित्ता ६७ रुपैयाँ रहेको छ ।

५ कम्पनीको मूल्य २०० माथि

२५ हाईड्रोपावर कम्पनी मध्य ५ वटा कम्पनीको मात्र बजार मूल्य २०० रुपैयाँ भन्दा माथि छ । चिलिमे हाईड्रोपावर, बुटवल पावर, सानिमा माई हाईड्रोपावर, अपर तामाकोशी, घलेम्दी हाईड्रोपावरको बजार मूल्य प्रति कित्ता २०० रुपैयाँ भन्दा माथि छ ।

(फागुन २३ गतेको बजार मूल्य अनुसार)

९ कम्पनीको मूल्य १०० मुनि

प्रति कित्ता १०० रुपैयामा साधारण शेयर निस्काशन गरेको कम्पनीको बजार मूल्य १०० भन्दा मुनि जानु सकारात्मक मानिदैन तर ९ हाईड्रोपावर कम्पनीको बजार मूल्य भने १०० भन्दा मुनि छ । सिनर्जी पावर, दिब्यश्वरी हाईड्रोपावर, खानीखोला हाईड्रोपावर, नेशनल हाईड्रोपावर, अाँखु खोला, रिडी हाईड्रोपावर, कालिका पावर, बरुण हाईड्रोपावर र रैराङ्ग हाईड्रोपावरहरुको बजार मूल्य १०० भन्दा मुनि पुगेको छ ।

(फागुन २३ गतेको बजार मूल्य अनुसार)

देश जलश्रोतको दोश्रो धनी देश हो । देशको आर्थिक सम्वृद्धिको एउटा प्रमुख पाटो भनेको जलविधूत विकास हो । त्यसैले राज्यले यस क्षेत्रको विकासका निमित्त केही नासोचेमा एकदिन साधारण शेयर आईपिओ नै नबिक्ने अवस्था आउँन सक्छ जसको संकेत देखिन थालिसकेको अवस्था छ ।

प्रत्यक्ष नियमनकारी निकायको व्यवस्था, कमजोर रेटिङ्ग भएका हाइईड्रोलाई आईपिओ निस्काशनमा रोक, प्रति मेगावाट लागत धेरै भएका हाईड्रोपावर कम्पनीलाई साधारण शेयर निस्काशनमा बन्देज र प्रति मेगावाट लागतमा हुने अनियमतालाई राज्यको निकायले सुस्म निगरानी गरिनु पर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS