IME Life New

अर्थमन्त्री शर्माको कुलमान घिसिङलाई फोन, उद्योगमा गरिएको लोडसेडिङ समाधान गर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । व्यवसायीहरुले उद्योग, कलकारखानामा मंगलबारदेखी बिजुली कटौती भएको गुनासो गरेपछि अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई फोन गरेका छन् ।

बुधबार दिउँसो प्रबन्ध निर्देशक घिसिङलाई फोन गरी बिजुली आपूर्ती र बितरणको अवस्थाबारे अर्थमन्त्री शर्माले जानकारी लिएका थिए । त्यसक्रममा हाल देखिएको समस्या तत्काल सम्बोधन गरी उद्योग, कलकारखानामा उपलब्ध गराइरहेको बिजुली नियमित गर्न निर्देशन दिएका हुन् । ‘अहिलेको जे समस्या हो, त्यसलाई चाँडो हल गरी उद्योगहरुमा मागअनुसार नियमित रुपमा बिजुली उपलब्ध गराउनुहोला’ प्रबन्ध निर्देशक घिसिङलाई निर्देशन दिदै अर्थमन्त्री शर्माले भने ।

Esewa
Crest

बुधबार दिउँसो अर्थ मन्त्रालयमा बीरगञ्ज उद्योग बाणिज्य संघका पदाधिकारीहरु मन्त्री शर्मालाई भेट गर्न गएका थिए । सोही बेला उद्योगी व्यवसायीले मंगलबारदेखी उद्योगमा बिजुली कटौती भएको गुनासो राखेका थिए । त्यसपछि अर्थमन्त्री शर्माले तत्कालै बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई फोन गरी बिजुली आपूर्ती सहज गर्न निर्देशन दिएका हुन् ।

सो भेटमा बीरगञ्जका उद्योगी व्यवसायीले आफुले भोगिरहेको समस्या सुनाउँदै आगामी बजेट निर्माणमा सघाउ पुग्ने महत्वपूर्ण सुझावहरु दिए । बीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा आएको टोलीले मंगलबारदेखी उद्योगमा लोडसेडिङ भएकाले समस्यामा परेको, बैंकमा धरौटी राखेको पैसाको ब्याज आउने बातारणा मिलाइदिनुपर्ने, कृषि क्षेत्रमा तोकिएको सिमाअनुसार बैंकले कर्जा बितरण गर्नुपर्ने, सामाजिक सरक्षा कोषलाई शंशोधन गरी उद्योगी र कर्मचारीमैत्री बनाउनुपर्ने, स्वास्थ्य–शिक्षासहित गाँस, बास, कपासका उद्योगलाई आयकरमा छुट व्यवस्था हुनुपर्नेलगायतका सुझाव दिएका थिए ।

‘भन्सार मूल्यांकनमा थप सहजता चाहिन्छ । सेजमा स्थापना हुने उद्योगलाई निर्यातमा गरिएको प्रावधान केही खुकुलो बनाउने तथा आयकरमा विशेष सहुलियत हुनुपर्छ’ अध्यक्ष गुप्ताको सुझाव थियो । संघका महासचिव मनोजकुमार दासले भन्सार कार्यालयहरुमा कर बापत तिर्नुपर्ने रकम बुझाउँदा लामो समय लाग्ने गरेको गुनासो गरेका थिए । ‘कनेक्ट आइपिएसबाट पैसा पठाउँदा तुरुन्तै भुक्तानी हुन्छ तर भन्सारको प्रणालीमा पैसा पठाउँदा तीन घण्टा लाग्छ । यसलाई सरलीकरण गरिदिनुपर्यो’ उनले भने ।

महासचिव दासले यस्तो गुनासो गरेपछि अर्थमन्त्री शर्माले तत्कालै भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई फोन गरी समस्याबारे जानकारी लिई सफ्टवेयर प्रणालीमा छिटो सुधार गर्न निर्देशन दिएका थिए । मन्त्री शर्माले व्यवसायीलाई सम्बोधन गर्दै बजेटको पूर्वसन्ध्यामा दिइएको सुझावलाई कार्यान्वयन गर्ने बताए । उनले चालू आबमा ल्याइएको प्रतिस्थापन विद्येयकले नै निजी क्षेत्रलाई सहजीकरण गर्ने सरकारको घोषित नीति भएको स्मरण गराउँदै सबै उद्योगीको समस्या समाधान गर्न तयार रहेको बताए ।

उनले आयातमा सुधार गर्न सिमा क्षेत्रका नेपाली बजारमा ठूला घर, राम्रा पसल र सुविधाजनक कारोबार गरी भारतीय उपभोक्तालाई समेत आकर्षण गर्ने बाताबरण सृजना गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS