केही कम्पनीका थप सार्वजनिक निष्काशन (एफपीओ) मा केही समय पहिले लगानी गर्ने लागानीकर्ताले नोक्सानी बेहेर्नु परेको छ । कम्पनीले महंगोमा एफपीओ निष्काशन गर्ने र धितोपत्र बोर्डलेले पनि अनुमति दिदा र लगानीकर्ताले धरै प्रिमियम तिर्दा अहिले केही कम्पनीको एफपीओमा गरिएको लगानी घटेकोे छ । केही समय अघि एफपीओ निस्काशन गर्ने स्टान्डर्ड चार्टड बैंक र बुटवल पावर कम्पनी लिमिटेडमा सो दृश्य देखिएको छ ।
स्टान्डर्ड चार्टड बैंकले १०० रुपैयाँ अंकित मुल्यमा ११९० रुपैयाँ प्रिमियम थपी प्रति कित्ता १२९० मा थप सार्वजनिक निस्काशन गरेको थियो । उदाहरणको लागि त्यो बेला तपाईले १० कित्ता एफपीओ पार्नु भएको थियो भने तपाई अहिले २०५० रुपैयाँ नोक्सानीमा हुनुहुन्छ भने प्रति कित्ता २०५ रुपैया नोक्सानीमा हुनुहुन्छ ।
एफपीओ पछि कम्पनीले १०० प्रतिशत बोनस शेयर दिएको थियो । शत प्रतिशत बोनस शेयर पश्चात अब शेयर संख्या २० कित्ता हुन्छ । त्यसपछि कम्पनीले आर्थिक वर्ष ७४/७५ मा लगानीकर्तालाई १७ दशमलव ५ प्रतिशत नगद लाभांस दिएको थियो । सो लाभांस बापत लगानीकर्ताले ३५० रुपैया प्राप्त गर्छन । ( लाभांसमा लाग्ने कर बाहेक)
बुटवल पावर कम्पनीले १०० रुपैयाँ अंकित मुल्यमा ४०१ रुपैया प्रिमियम थपी प्रति कित्ता ५०१ मा थप सार्वजनिक निष्काशन गरेको थियो । उदाहरणको लागि त्यो बेला तपाईले १० कित्ता एफपीओ पार्नु भएको थियो भने तपाई अहिले ९३४ रुपैया नोक्सानीमा हुनुहुन्छ भने प्रति कित्ता ९३ रुपैया नोक्सानीमा हुनुहुन्छ ।
१० कित्ता एफपीओ मार्फत शेयर पाए पछि कम्पनीले २० प्रतिशत नगद लाभांस दिएको थियो । २० प्रतिशत नगद लाभांस मार्फत तपाईले २०० रुपैयाँ नगद लाभांस प्राप्त गर्नु भयो । त्यसपछि कम्पनीले आर्थिक वर्ष ७४/७५ मा लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांस दिएको थियो । सो बोनस शेयर पश्चात शेयर कित्ता ११ पुगेको छ भने नगद लाभांस मार्फत १८० रुपैयाँ प्राप्त गर्नु भएको छ ।