IME Life New

राष्ट्रिय आर्थिक सरोकार समाजले प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन आयोजना गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले यहि चैत ११ र १२ गते प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन आयोजना गर्ने भएको छ । स्वाधी, समुन्नत तथा समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको आधारशीला भन्ने मुल नाराका साथ उक्त सम्मेलन गर्न थालेको हो ।

सम्मेलनमा अतिथिको रुपमा प्रधानमन्त्री, अर्थमन्त्री, पुर्व प्रधानमन्त्रीहरु तथा प्रमुख राजनीतिक दलका अध्यक्षहरु, उद्योग बाणिज्य महासंघका अध्यक्ष, सहकारी महासंघका अध्यक्ष, एनआरएनका अध्यक्ष, संसद, बैंकिङ क्षेत्रका प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरु, बीमा समिति तथा सहकारी महासंघका प्रतनिधिहरु, नीति अनुसन्धानमा संलग्न विज्ञहरु, नेपाल सरकारका विभिन्न निकाय तथा राष्ट्रिय अर्थतन्त्रमा सरोकार राख्ने व्यक्तिहरुको सहभागिता रहने छ ।

Esewa
Crest

कार्यक्रममा नेपाली अर्थतन्त्रका समसामयिक मुद्दाहरुमा गहन छलफल हुनेछ । कार्यक्रमको पहिलो सत्र प्रमुख अतिधि प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्ने छन् । यस सत्रमा प्रमुख तथा विशेष अधितिहरुले मन्तव्य दिने कार्यक्रम रहेको छ । दोस्रो सत्र प्राविधिक सत्रको रुपमा रहने छ । यसमा विशेष विषयगत छलफल हुनेछ । जसमा अर्थशास्त्रीहरुले आ-आफ्नो प्रस्तुती दिनुका साथै अर्थतन्त्रका विषयमा छलफल बहस हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS