IME Life New

अब इसेवाबाट निःशुल्क नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ. । रेमिट कम्पनी इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवा बाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ । ईसेवाका अनुसार यो सुविधा मार्च १, २०२२ बाट प्रारम्भ भएर मे ३१, २०२२ सम्म ३ महिनासम्म चालु रहनेछ ।

इसेवा वालेटका प्राकृतिक प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफर मार्फत आफ्ना आफन्त तथा इष्टमित्रलाई पठाएको आन्तरिक रेमिट्यान्स, नेपालभरी रहेका १०,००० बढी भुक्तानी केन्द्र तथा ५,००० बढी इसेवाका एजेन्ट मार्फत तुरुन्तै पाउनु हुने व्यक्तिको हातसम्म पुग्नेछ ।

Esewa
Crest

हालसालै नपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको कारोबारमा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन रु। २५,००० सम्मको मात्र कारोवार गर्न मिल्ने व्यवस्था गरे संगै आन्तरिक डिजिटल रेमिट्यान्स कारोवारलाई प्रोत्साहन गर्न यस “शून्य शुल्कमा रेमिट्यान्स“ सेवाले निकै ठुलो टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

त्यस्तै, यस ३ महिने शून्य शुल्कमा रेमिट्यान्स सेवा अवधिका दौरान, ईसेवाले ३ महिनासम्म हरेक महिना १ जना विजेतालाई एउटा स्मार्ट फोन दिने योजना समेत ल्याएको छ । त्यसका लागि, इसेवा वालेट प्रयोगकर्ताले इसेवा एपको रेमिट्यान्स आइकोनमा क्लिक गरि इसेवा मनी ट्रान्सफरमा गइ तोकिएको विवरण पुरा गरी रेमिट्यान्स पठाउनु पर्ने हुन्छ ।

इसेवाले नेपालका सुविधा सम्पन्न देखि दुरदराज विकट क्षेत्रहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS