IME Life New

गेटवे पेमेन्ट सर्भिस प्रालि र एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गेटवे पेमेन्ट सर्भिस प्रालि र एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकबीच युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल सञ्चालन गर्नमा लागि सम्झौता भएको छ । उक्त सम्झौतामा गेटवे पेमेन्ट प्रालिको तर्फबाट अध्यक्ष कमलनाथ प्रधान र युनिफाइड पेमेन्ट इन्टरफेसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ल, इन्फोटेक कम्पनी मनम इन्फोटेकको तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै अब विभिन्न बैंक बित्तिय संस्था, भुक्तानी सेवा प्रदायकबीच अन्तरबद्ध विद्युतिय भुक्तानी गर्न सकिनेछ । जसमा भारतबाट भुक्तान गरिने पेटीएम, गुगलपे, फोनपे मार्फत नेपालको जुनसुकै बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्न सकिनेछ ।

Esewa
Crest

यो सेवा सञ्चालन भएसँगै भारतबाट नेपाल आएका भारतीय नागरिकले क्युआर कोड स्क्यान गरि सजिलै भुक्तानी गर्न सक्नेछन् भने नेपालबाट भारत यात्रामा गएका नेपालीले पनि सोही सेवा उपभोग गर्न पाउने छन् । उल्लेखित सेवाहरु भने सम्झौता भएको तीन महिनाभित्र सुचारु हुनेछ । साथै एनपीसिआईले भारतमा सञ्चालन गर्दै आइरहेको सम्पूर्ण सेवाहरु क्रमस नेपालमा पनि सञ्चालनमा आउने गेटवे पेमेन्ट प्रालिले जनाएको छ ।

यस सम्झौतासँगै विद्युतिय भुक्तान्लाई अर्काे क्षेणीमा लैजाने र नेपाललाई नगदरहित समाजमा रुपान्तरण गर्न सहयोग गर्ने गेटवे पेमेन्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS