IME Life New

काठमाडौमा दोस्रो साना किसान सम्मेलन हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौमा दोस्रो साना किसान सम्मेलन आयोजना हुने भएको छ । ‘साना किसानको संमृद्वि : कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ भन्ने नाराका साथ सम्मेलन हुन लागेको हो । साना किसान विकास लघुवित्त वित्तीय संस्था, नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान सहकारी संस्थाको आयोजनामा आगामी फागुन १६ र १७ गते काठमाडौंमा सम्मेलन हुने भएको हो ।

सम्मेलनमा देशभरका करिब एकहजार साना किसान प्रतिनिधि एवं विभिन्न क्षेत्रका राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ, अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद् तथा नीतिनिर्माता गरी एक हजार दुई सय जनाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । साना किसानमा उद्यमशीलता विकास गराई कृषि सहकारीमार्फत कृषि क्षेत्रको रुपान्तरण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

Esewa
Crest

गरिबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादन विकास, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षणलगायत दिगो विकास लक्ष्यले निर्दिष्ट गरेका लक्ष्य सहकारीमार्फत सहासिहल गर्न सम्मेलनमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

सम्मेलनमा १४ सत्रमा प्रस्तुत हुने २८ वटा कार्यपत्र तथा दशौं भिडियो एवं अनुभव केन्द्रित हुनेछन् । सम्मेलनपश्चात घोषणापत्र जारी हुने छ । उत्पादन, प्रशोधन, श्रृङखला अभ्यास लगायतको सिकाई एवं आगामी कार्य दिशा निर्धारण गर्न सम्मेलनले सघाउ पुग्ने मूल आयोजक समितिका अध्यक्ष श्रीकृष्ण उपाध्यायले जानकारी दिए । कृषिको रुपान्तरण एवं उद्यमशीलताको विकासले रोजगारी एवं उत्पादनमा वृद्वि हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS