काठमाडौं । बीमा समितिले करारमा २ जना सूचना प्रविधि अधिकृत नियुक्ति गर्ने भएको छ । कम्प्युटर तथा सूचना प्रविधि विषयमा स्नातकोत्तर गरेका नेपाली नागरिकले ७ दिन भित्रमा आवेदन दिन सक्ने छन् ।
समितिले उक्त पदमा नियुक्तिका लागि रोष्टर तयार पार्ने छ । उक्त रोष्टर मार्फत खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रकृयाँ अगाडी बढाइने समितिले जनाएको छ । बीमा समितिले पछिल्लो समय आफ्ना सेवा सुविधालाई सूचना प्रविधिबाट प्रवाह गर्ने प्रयास गरिरहेको छ । गत साउनमा आफ्नै सर्भर बनाएको समितिले सम्पुर्ण कम्पनीको तथ्याङ्क एपिआई मार्फत केन्द्रिकृत गर्ने प्रयास गरिरहेको छ ।