IME Life New

नविल बैंकले बंगलादेश बैंकलाई ४३ रुपैयाँमा प्राप्ति गर्ने, विनोद चौधरीको हिस्सा खुम्चिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नविल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । नविलले बंगलादेशलाई प्रति कित्ता १०० रुपैयाँ बराबर ४३ रुपैयाँमा प्राप्ती गर्ने भएको हो । दुबै बैंकको सञ्चालक समिति विचमा सहमति जुटे सँगै स्वाप रेसियो तय भएको हो । आज दुबै बैंकका प्रतिनिधिहरुले मर्जरको सहमतिपत्रमा संझौता गरेका छन् ।

एक्विजिसन सम्बन्धी प्रकृया अगाडि बढाउनका लागि नबिल बैंकको तर्फबाट सञ्चालक उदय कृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंकका सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य रहेका थिए भने र नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्र बहादुर थापाको , सञ्चालक अमन शाह र सदस्य सचिव मा नबिल बैकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर/एक्विजिसन कमिटि बनेको थियो ।

Esewa
Crest

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गर्नको लागि भएको समझदारी पत्र अनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर नबिलको ४३ कित्ता हुने गरी शेयर आदानप्रदान अनुपात कायम भएको जनाएका छन् । उक्त प्रारम्भिक शेयर आदान प्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनको मूल्याङ्कन लाइ समेत आधार मानी अन्तिम रुपमा तय हुनेछ। सम्झौतापत्रमा नबील बैंकको तर्फबाट उदय कृष्ण उपाध्यायले हस्ताक्षर गरेका थिए भने नेपाल बङ्गलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए ।

हाल बंगलादेश बैंकको चुक्ता पूँजी १० अर्ब ८ करोड रुपैयाँ रहेको छ । स्वाप रेसियो १०० बराबर ४३ रुपैयाँ हुँदा नविल बैंकमा बंगलादेशको तर्फबाट ४ अर्ब ३३ करोड रुपैयाँ मात्रै जोडिनेछ । नविल बैंकको हालको चुक्ता पूँजी १८ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । दुबै बैंकको पूँजी अहिले घोषणा गरिएको तथा पारित भएको बोनश शेयर वितरण पश्चातको हो । मर्जर पछि नविल बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।

आई.एफ.आई.सीले नेपाल बंगलादेश बैंकको शेयर विनोद चौधरीलाई बिक्री गर्ने आन्तरिक सहमति पनि गरिसकेको छ । यहि विषयलाई लिएर दुगड समुहले अदालतमा मुद्दा हाले पछि हतार हतारमा दुई बैंकले मर्जरको संझौता गरेका हुन् । प्रमुख शेयरधनी आई.एफ.आई.सीलाई मर्जरका लागि नेपाल बंगलादेश बैंकका अन्य शेयरधनीहरुले हस्तक्षेप गर्न सक्दैनन् । आई.एफ.आई.सी कै ४०.९० प्रतिशत शेयर रहेको छ ।

यदि लफडा भइराख्यो भने मर्जर पछि आई.एफ.आई.सीले सजिलै आफ्नो शेयर नविल बैंकका संस्थापकलाई बिक्री गरेर बाहिरिन सक्ने छ । यसो गर्दा नविलका संस्थापकलाई पनि सजिलो हुनेछ । मर्जर पछि आई.एफ.आई.सी चुक्ता पूँजी एक अर्ब ७७ करोड रुपैयाँमा सिमित हुनेछ । अर्को तर्फ मर्जर पछि आई.एफ.आई.सीको हिस्सा ७.७६ प्रतिशतमा खुम्चिनेछ । विनोद चौधरीले आई.एफ.आई.सीको शेयर खरिद गर्ने वित्तीकै उनको हिस्सा ४८.६८ प्रतिशतबाट ४५.५८ प्रतिशतमा खुम्चिनेछ ।

हाल नविल बैंकमा एनबी इण्टरनेशनलको ४८.६८ प्रतिशत शेयर स्वामित्व रहेको छ । यस बाहेक अन्य शेयरधनीहरुको हिस्सा नगन्य छ । एनबी इण्टरनेशनल पनि विनोद चौधरीकै हो । उनले आयरल्याण्डमा एनबि इन्टरनेशनल कम्पनी खोलेर उक्त कम्पनी मार्फत नविल बैंकमा लगानी गरेका हुन् । अव यस कम्पनी सहित विनोद चौधरीको बजार हिस्सा ४५.५८ प्रतिशतमा खुम्चिने भएको हो । अर्को तर्फ नविल बैंकमा दुगड समुहको पनि लगानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS