IME Life New

समितिको निर्देशनलाई निर्जीवन बीमा कम्पनीहरुले टेरेनन्, जारी गर्यो यस्तो निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले पटक पटक जारी गरेका निर्देशनलाई बीमा कम्पनीहरुले अटेर गरेको पाइएको छ । समितिले पटक पटक जारी गरेका निर्देशनको उल्लङ्घन गर्दै कम्पनीहरुले अटेर गरे पछि बीमा समितिले कम्पनीहरुलाई गम्भिर ध्यानाकर्षण गराएको छ ।

समितिबाट बीमा व्यवसायलाई व्यवस्थित, नियमित र मर्यादित बनाउन विभिन्न समयमा आवश्यक निर्देशनहरु जारी गर्दै आएको निर्देशन दिनेश कुमार लालले जानकारी दिए । उनले भने ‘तथापी बीमकले बीमा व्यवसायका क्रममा उधारो बीमा, नगद फिर्ता, डमी कर्मचारी राख्ने, नक्कली दाबीहरु सिर्जना गरी भुक्तानी दिने, व्यवसायलाई आकर्षित गर्न नगद प्रदान गर्ने, ट्यारिफमा उल्लेख भए भन्दा कम दरले बीमालेख जारी गर्ने जस्ता बीमा ऐन, नियमावली तथा समितिबाट जारी निर्देशनहरु विपरितका कार्यहरु बीमकबाट भइरहेको गुनासा र उजुरीहरु प्राप्त भएको छ ।’ यस्ता गुनासा र उजुरीहरु प्राप्त भए सँगै समितिको गम्भिर ध्यानाकर्षण भएको उनले बताए ।

Esewa
Crest

यस्ता कार्यहरु बीमकबाट हुनु गैरकानुनी भएकोले यस तर्फ गम्भिरतापूर्वक ध्यान पुर्याउन समितिले निर्देशन दिएको छ । यदि यस्ता हर्कत अझै पनि दोहोरिरहेको खण्डमा समितिले कानुन बमोजिम कारबाही गर्ने भन्दै चेतावनी समेत देखिएको छ ।

बीमा समितिले पछिल्लो समय बीमा कम्पनीहरुलाई पटक पटक संस्थागत सुशासन तथा जारी भएको निर्देशनहरुलाई कार्यान्वयनका लागि पहल गरिरहेको छ । बीमा कम्पनीहरुले नन ट्यारिफ व्यवसायमा सित्तैमा बीमा गर्न थाले पछि दर निर्धारण गरिदिएको छ । तर ब्यवसायीहरुको दवाव र प्रभावमा परि बीमा कम्पनीहरुले पुरानै कार्यशैलीलाई दोहोर्याइरहेका छन् ।

कतिपय अवस्थामा व्यवसाय भित्र्याउनेब बहानामा बीमा कम्पनीहरुले उधारो बीमा पोलिसी जारी गरिरहेको पाइएको छ । उच्च व्यवस्थापन तहका कर्मचारीहरुले डमी कर्मचारीहरु खडा गरी उनिहरुको नाममा सेवा सुविधा लिएको विषयमा पनि समितिमा उजुरी परेको छ । अर्को तर्फ व्यवसाय भित्र्याउने अभिकर्ताहरुलाई आकर्षित गर्नका लागि डमी कर्मचारी समेत खडा गर्ने गरिएको समेत बजारमा सुनिन आएको तर यसमा विषयमा समितिले पुष्ठी भने गर्न सकेको छैन । उजुरीको आधारमा समितिले कम्पनीहरुलाई चेतावनी दिए पनि आवस्यक मात्रामा निरिक्षण गर्न नसक्दा यस्ता हर्कताहरु उजुरीमै सिमित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS