IME Life New

फागुन १५ देखि ग्लोबल आइएमईको १५ लाख युनिट ऋणपत्र खुल्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


ग्लोबल आइएमई बैंकले फागुन १५ गत ेदेखि १५ लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको छ । यसमध्ये ५ लाख ९७ हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बैंकले ३० हजार इकाई सामूहिक लगानी कोषलाई छुट्याएपनि ३ हजार कित्ता मात्र बाँडफाँट भएको छ । सामूहिक लगानी कोषहरुले नकिनेको २७ हजार इकाई पनि थप गरी सर्वसाधारणलाई कुल ५ लाख ९७ हजार इकाई बिक्री गर्न लागिएको हो ।

कुल जारी गरेको इकाईमध्ये ९ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य कम्पनीहरुलाई बिक्री गर्नेछ । ग्लोबल आइएमईले ‘१०.२५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०।८१’ जारी गर्न लागेको हो । वार्षिक १०.२५ प्रतिशत ब्याज पाइने यो ऋणपत्र ५ वर्षपछि परिपक्क हुनेछ । यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Esewa
Crest

लगानीकर्ताले प्रतिइकाई १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि ७५ हजार इकाईसम्म आवेदन दिन सक्नेछन् । यो ऋणपत्रमा फागुन १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा चैत्र १४ गते सम्म आवेदन दिन सकिनेछ । सी–आस्वाको माध्यमबाट आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS