IME Life New

नन ट्यारिफको बीमादर अन्तर्राष्ट्रिय प्रचलन अनुसार निर्धारण गरिएको बीमक संघको दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमक संघले हाल कायम नन ट्यारिफ बीमा व्यवसायको दर अन्तर्राष्ट्रिय प्रचलन अनुसार निर्धारण गरिएको दाबी गरेको छ । संघका अनुसार हालको बीमादर कायम गर्न अन्तर्राष्ट्रिय बजारमा प्रचलनमा रहेको दर, राष्ट्रमा परेको क्षती, राष्ट्रमा संकलन हुन सक्ने बीमा शुल्क, राष्ट्रमा विद्यमान जोखिम जस्ता तथ्यहरुलाई समेत आधार लिई बीमा शुल्क निर्धारण गरिएको हो । यस व्यवस्थाले बीमा बजारको समस्टिगत विकास तथा विमितको हकहितमा समेत टेवा पुग्ने संघले जनाएको छ ।

नियमक निकाय बीमा समितिवाट गत असोज ६ गते ‍जारी भएको Minimum Premium Rate For Non-Tariff Insurance Business निर्देशनले नेपालको बीमा क्षेत्रको विकासमा कोषेढुंगा सावित भएको संघको दाबी छ । बीमितको सम्पतीको बीमायोग्य सुरक्षण प्रदान गरेको, अन्तर्राष्ट्रिय उच्च स्तरको ख्यातीप्राप्त पुनबींमकहरूमा जोखिम हस्तान्तरण गर्न सक्ने भएको हुँदा उक्त निर्देशन आवश्यक भएको संघको धारणा रहेको छ ।

Esewa
Crest

बीमा शुल्क निर्धारण गर्दा जोखिमको मूल्याङ्कन प्राप्त हुन सक्ने शुल्क बीमा गरिएका सम्पत्तीबाट हुन सक्ने क्षति अन्तरार्ष्ट्रिय बजार प्रचलन जस्ता आधारलाई ध्यानमा राखि बीमा शुल्क निर्धारण गरिएको हुन्छ । यसरि निर्धारण गरिएको बीमा शुल्क दर समय समयमा परिवर्तन हुनु स्वभाविक नै हो । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) संग विभिन्न चरणमा भएको छलफल र प्राप्त सुझावहरुलाई सम्बोधन भई समय समयमा परिमार्जन भईरहेको संघले जनाएको छ ।

जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम बीमा हो । बीमा गरिएको आधारमा हुने जोखिमको क्षतिपूर्तिको भाग बीमितवाट बीमा कम्पनीमा सार्ने काम गरिन्छ । बीमा गरिए पश्चात् बीमा गरिएको सम्पतीमा तोकिएको जोखिमवाट हानी-नोक्सानी भएमा आफूले स्वीकार गरे अनुसारको मूल्याङ्कनबाट बीमा कम्पनीले क्षती बापतको क्षतिपूर्ति रकम बीमितलाई व्यहोर्ने गर्दछन् । बीमाको सर्वमान्य सिद्धान्त क्षतिपूर्ति दिनु हो । जोखिम हस्तान्तरण बीमाको मुल मेरुदण्ड भएकोले प्रत्येक जोखिमको पुनर्बीमा हुनु नितान्त आवश्यक छ ।

नेपालको पुर्वाधार विकासमा भएको वृद्धिसँगै ठुला ठुला आयोजनाहरूको कार्य अगाडि बढ्दै गएको अवस्था एकातिर छ भने देशको भौगोलिक जटिलता र वारम्वार भईरहने दैविप्रकोप, दुर्घटना जस्ता कारणले क्षतिमा समेत अत्याधिक बृद्धि भएको अवस्था विगतको तथ्याङ्कवाट देखिन्छ । तत्कालिन अवस्थामा इन्जिनियरीङ बीमा लगायतमा नियामक निकायबाट जोखिमको आधारमा न्युनतम बीमा दर (Tariff) जारी नहुदा जोखिमको आधारमा वास्तविक प्रिमियम दर निर्धारण नभई ज्यादै न्युन दर कायम भई बीमा कम्पनीवाट बीमा स्वीकार गर्दा उक्त जोखिम हस्तान्तरण गर्ने प्रकृया अन्तर्गत विदेशी पुनर्बीमकहरू जोखिम लिन तयार नभएको अवस्थामा परियोजना लगातयका बीमालेखहरूको जोखिमको शत प्रतिशत पुनर्बीमा सुरक्षण हुन अप्ठ्यारो भएको र उच्च स्तर भएको ख्याती प्राप्त विदेशी पुनर्बीमकहरू सहभागी नहुने अवस्थाले क्षतिको दाबी भुक्तानीमा समेत नकारत्मक असर परेको अनुभव बीमा क्षेत्रमा कायमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS