Connect IPS
IME Life

सर्भेयरको तालिम लिन छुटेकालाई अन्तिम मौका दिइने, एक हजार २६ जना नयाँ सर्भेयर थपिए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले सर्भेयरको लागि आवेदन दिएर तालिम लिन छुटेकालाई अन्तिम एक पटक मौका दिने भएको छ । बीमा समितिले हालसम्म एक हजार २६ जनालाई तालिम दिएको इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालका प्रमुख कार्यकारी अधिकृत तथा बीमा विज्ञ भोजराज शर्माले जानकारी दिए ।

बीमा समितिले बीमा इन्ष्टिच्युट मार्फत सर्भेयरको तालिम सञ्चालन गरिरहेको छ । यस क्रममा समितिले दुई जनाले तालिममा तेस्रो व्यक्तिलाई उपस्थित गराएको पुष्ठी भए पछि कारबाही गरेको छ । समितिले भदौ ८ गतेदेखि १४ गतेसम्म अनलाइन प्रणालीबाट लाइसेन्सका लागि आवेदन खुला गर्दा ११६८ जनाले निवेदन दिएका थिए । अव आवेदन दिने मध्ये १४० जनाले तालिम लिन बाँकी छ । ‍

Prabhu
Crest

समितिले तालिम आयोजना गर्दा विविध कारणले सहभागी हुन नसकेकाहरुलाई पुस १८ गतेदेखि पुस २२ गतेसम्म तालिम दिन लागिएको सहायक निर्देशक शम्भु प्रसाद मिश्रले जानकारी दिए । समितिले तालिममा छुटेकाहरुलाई पुस १६ गते शुक्रवार बीमा समितिकै कार्यालयमा आएर निवेदन दिन निर्देशन दिएको छ । समितिले नियमित तालिममा सहभागी हुन नसकेका आवेदकलाई अन्तिम पटक मौका दिन थालेको हो । यदि यस तालिममा पनि सहभागि हुन नसकेका उनिहरुले सर्भेयरको काम गर्न पाउदैनन् ।

बीमा समितिले गत भदौ १० गतेदेखि आवेदन दिएको समयका आधारमा तालिम प्रदान गर्दै आइरहेको छ । तत्कालिन अवस्थामा कोभिड १९ का कारण थोरै थोरै संख्यामा तालिम दिदै आएकोमा पछिल्लो समय भने ठुलो संख्यामै तालिम दिदै आएको छ ।

हाल नेपालमा ७ सय हाराहारी सर्भेयर छन् । समितिले नयाँ सर्भेयरको लाइसेन्स खुला गरेर तालिम प्रदान गरे सँगै नेपालमा सर्भेयरको संख्या १७ सय नाघेको छ । अझै १४० जनाले तालिम दिन बाँकी रहेको हुँदा उनिहरुले तालिम लिएका खण्डमा सर्भेयरको संख्या १८ सय नाघ्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS