IME Life New

मंसिर मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे १५ अर्ब ४२ करोड बीमा शुल्क (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंसिर मसान्तसम्ममा २० निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ४२ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार निर्जिवन बीमा कम्पनीहरुले मंसिर महिनामा मात्रै २ अर्ब ८४ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले मंसिर मसान्तसम्ममा १ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ रहेको छ । तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ३० करोड ९७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

बीमा समितिको तथ्याङ्क अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ११ करोड ३० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्बमाथि बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी प्रिमियर इन्स्योरेन्सले ९१ करोड ६४ लाख रुपैयाँ, यूनाइटेड इन्स्योरेन्स कम्पनीले ७३ करोड ४३ लाख रुपैयाँ,हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ७० करोड २१ लाख रुपैयाँ,अजोड इन्स्योरेन्स कम्पनीले ६६ करोड ४२ लाख रुपैयाँ,आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ६५ करोड ४२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले ६३ करोड ५० लाख रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले ६२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, बीमा समितिको तथ्याङ्क अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ६१ करोड ४२ लाख रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्स कम्पनीले ५७ करोड २३ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५५ करोड २८ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ५२ करोड ८६ लाख रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ५१ करोड २५ लाख रुपैयाँ, जनरल इन्स्योरेन्स कम्पनीले ३९ करोड २३ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्स कम्पनीले ३८ करोड ८४ लाख रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ३७ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS