IME Life New

पुनर्बिमाबापत चार बर्षमा ३१ अर्ब बाहिरियो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्


पछिल्लो चार वर्षको अवधिमा बीमा कम्पनीको पुनर्बिमाबापत नेपालबाट ३१ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको छ । जीवन बिमा कम्पनीमार्फत ३ अर्ब ६८ करोड र निर्जीवन बिमा कम्पनीहरूमार्फत भने २८ अर्ब ७ करोड रुपैयाँ बाहिरिएको छ ।

बिमा समितिको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७४/७५ मा पुनर्बिमाबापत ९ अर्ब ७ करोड रुपैयाँ बाहिरिएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५ करोडले कम हो । आव ७३/७४ भने पुनर्बिमाबापत ९ अर्ब २९ करोड रुपैयाँ बाहिरिएको थियो । जीवन बिमा कम्पनीमार्फत ९९ करोड रुपैयाँ र निर्जीवन बिमा कम्पनीबापत ८ अर्ब ३० करोड रुपैयाँ बाहिरिएको तथ्यांकले देखाउँछ ।

Crest

नेपालमा नै पुनर्बिमा कम्पनीको स्थापना भएपछि बिदेसिने रकममा कमी आएको बिमकहरू बताउँछन् । आव ७२/७३ मा पुनर्बिमाबापत ७ अर्ब २१ करोड रुपैयाँ बाहिरिएको थियो ।

प्रत्येक वर्ष पुनर्बिमाबापत ठूलो रकम बाहिरिन थालेपछि सरकारले नेपाल पुनर्बिमा कम्पनीको स्थापना गरेको हो । सो कम्पनीलाई बलियो बनाउन सरकारले २० प्रतिशत पुनर्बिमा नेपाल पुनर्बिमा कम्पनीमा नै गर्न कम्पनीहरूलाई निर्देशन दिएको छ ।

तर, सरकारले पुनर्बिमाको मर्म नै नबुझी २० प्रतिशत अनिवार्य गरेको भन्दै बिमकहरू असन्तुष्टि व्यक्त गर्दै आएका छन् । यद्यपि, केही जीवन बिमा कम्पनीहरूले नेपाल पुनर्बिमा कम्पनीसँग शतप्रतिशत पुनर्बिमा सम्झौतासमेत गरेका छन् ।

के छ ऐनमा ?
बिमा ऐन २०४९ को दफा २ ९ज०का अनुसार पुनर्बिमा व्यवसाय भन्नाले बिमकले जोखिम धारण गर्ने अंशभन्दा बढी अंशको पुनर्बिमा गर्ने व्यवसाय सम्झनुपर्छ भन्ने उल्लेख गरिएको छ । त्यस्तै, ऐनकै दफा २८ मा बिमकले आफूले धारणा पर्ने जोखिम धारणा गरी बाँकी रहेको जोखिमको पुनर्बिमा समितिले तोकेबमोजिम गराउनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, बिमा नियमावली २०४९ नियम ६ मा पुनर्बिमा व्यवसायको व्यवस्था गरिएको छ । जसमा बिमकले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको जोखिमको पुनर्बिमा गराउन सक्नेछ भन्ने व्यवस्था गरिएको छ ।

रकम रु करोडमा
विवरण

स्रोत : बीमा  समिति

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS