IME Life New

अर्थ समितिमा गभर्नरको जवाफ, आयातका लागि अर्बौ रुपैयाँ बाहिरिदा तरलता अभाव चुलियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले अर्थ समितिमा आयातका लागि ठुलो रकम बाहिरिदा तरलता अभावको समस्या चुलिएको जवाफ दिएका छन् । अर्थ समितिमा बिहीबार बैंकिङ तरलता अभावको विषयमा भएको छलफल कार्यक्रममा गभर्नर अधिकारीले साउन यता ४११ अर्ब रुपैयाँ कर्जा प्रवाह हुँदा ६४ अर्ब रुपैयाँ निक्षेप संकलन भएकाले सन्तुलन विग्रिएको उनिको भनाइ रहेको छ ।

बैंकहरुबाट प्रभाव भएको अधिकाम्स कर्जा आयाताका लागि प्रयोग भएकाले प्रणालीबाट पैसा बाहिरिएको हो । कोभिड १९ का कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कम हुँदा विप्रेषण आप्रवाहमा समेत कमि आएको गभर्नर अधिकारीले जवाफ दिएका छन् ।

Esewa
Crest

कोभिड १९ को कारणले लकडाउन हुँदा औपचारिक माध्यमबाट रेमिट्यान्स भित्रिएको थियो । तर कोभिड १९ को प्रभाव विस्तारै कम हुँदै जादा रेमिट्यान्स पनि अनौपचारिक माध्यम अझ हुण्डी जस्ता माध्यमबाट आइरहेकोले पनि निक्षेपमा कमि आएको अधिकारीले जानकारी गराएका थिए ।

सरकारले पूँजीगत खर्च गर्न नसक्दा ठुलो रकम सरकारी ढुकुटीमै थुप्रिएको र त्यसको प्रभाव बैंकिङ प्रणालीमा देखिएको उनले बताए । अहिलेको अवस्थामा बैंकिङ प्रणालीमा १६ अर्ब रुपैयाँको तरलता रहेको छ । बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा रहदा पनि गभर्नर अधिकारीले यसको समाधानको ठोस उपाय भने सुझाउन सकेका छैनन् । सबैको ध्यान सरकारी खर्चमै केन्द्रित छ ।

सरकारले खर्च बढाउने सक्दो प्रयास गरिरहेको अर्थमन्त्री जनार्दशन शर्माले जवाफ दिएका छन् । अहिलेको अर्थतन्त्र हिजोका दिनमा जारी भएका नीति नियमको उपज भएको भन्दै अहिले नै राता रात परिवर्तन हुने अवस्था नरहेको उनको धारणा छ । आयातमा आधारित भन्सार र विप्रेषणमा आधारित अर्थतन्त्र रहेको भन्दै अर्थमन्त्री शर्माले उत्पादनमुखी अर्थतन्त्र कसरी बनाउने तर्फ सरकार लागिरहेको बताएका छन् । खर्च कम हुने प्रणालीलाई न्युनिकरण गर्दा सरकारले स्थानीय तहहरुलाई रकम निकासा गरिदिएको हुँदा खर्च बढ्ने उनको धारणा थियो ।

छलफकै क्रममा गभर्नर अधिकारीले अहिलेको अर्थतन्त्र कोभिड १९ अगाडीको अवस्थामा रहेको उल्लेख गरेका छन् । यस अवधिमा तरलतामा चपा परेको विषयलाई स्वीकार समेत गरेका छन् । तरलता अभावको अहिलेको समस्यालाई समाधान गर्ने उद्देश्यले एनआरएन नेपालीहरुलाई नेपाली बैंकहरुमा खाता खोलेर निक्षेप जम्मा गर्न पाउने व्यवस्था गरिएको हुँदा यसको सकारात्मक नतिजा आउने अर्थ सचिव मुधुकुमार मरासिनिले जानकारी गराएका थिए । एनआरएनहरुले आफु बसेको बैंकको खाताबाट नेपाली बैंकहरुको खातामा अझ उनिहरुले आफ्नै कम्पनी मार्फत नेपालमा पैसा जम्मा गर्न पाउने भएकाले कालोधन भित्रिने समस्या पनि नहुने प्रष्ट पारेका थिए ।

अहिलेको तरलता अभावको समस्या समाधानका लागि एनआरएनहरु सँग अनुरोध समेत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सरकारको खर्च हुने असान्तुलित प्रणालीले गर्दा पनि बैंकिङ प्रणालीमा तरलता अभावको समस्या चुलिएको मरासिनिको धारणा थियो । बैशाख पछि मात्रै खर्च हुने प्रणालीका कारण असार साउन भदौमा बैंकहरुमा अधिक तरलता थुप्रिने र असोज लागे सँगै तरलता अभाव हुन थाल्ने प्रवृत्तीले समस्या सिर्जना भएको उनको भारणा छ । कतिपय अवस्थामा पुराना विलहरुको समेत निकासा नभएका उदाहारण रहेको भन्दै उनले ठेकेदारहरुलाई भुक्तानी लिनकालागि पहल गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS