IME Life New

बंगलादेशको एउटै जीवन बीमा कम्पनीमा ५२ अर्बको घोटाला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ढाका । बंगलादेशको बीमा नियामक निकाय बीमा विकास तथा नियामक प्राधिकरण (आईडीआरए) ले अनुसन्धानको क्रममा डेल्टा लाइफ इन्स्योरेन्स बोर्डले झण्डै ५२ रुपैयाँ हिनामिना गरेको सार्वजनिक भएको छ ।

आईडीआरएले चार्टर्ड एकाउन्टेन्ट फर्मले तयार पारेको अपरिस्कृत अन्तरिम प्रतिवेदनलाई विश्लेषण गर्दै डेल्टा लाइफको व्यवस्थापन र सञ्चालक समितिले कर छली र सम्पत्ति शुद्धीकरण गरी ५१ अर्ब ८७ करोड ९३६ अर्ब ८७ करोड बंगलादेशी टाका० रुपैयाँ हिनामिना गरेको खुलासा गरेको हो ।

Esewa
Crest

बीमा नियामकले डेल्टा लाइफ इन्स्योरेन्सको सञ्चालक समितिलाई निलम्बन गरी गत फेब्रुअरीमा नै कम्पनी सञ्चालनका लागि प्रशासक नियुक्त गरेको बंगलादेशी अखबार द बिजनेश स्टाण्डर्डले उल्लेख गरेको छ।

डेल्टा लाइफले ३५।१७ करोड रूपैयाँ मूल्य अभिवृद्धि कर(भ्याट) छलेको छ । एनबिआरको भ्याट अडिट इन्टेलिजेन्स तथा अनुसन्धान निर्देशनालयले अनुसन्धानबाट छलीको प्रमाण पाएपछि कम्पनीविरुद्ध भ्याट ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो ।

यसअघि भ्याट एआइआइडका सहायक निर्देशिका सायमा परवीनको नेतृत्वमा रहेको टोलीले सन् २०१३ जनवरीदेखि २०१७ डिसेम्बरसम्मको अवधिमा  डेल्टा लाइफविरूद्ध आरोपका आधारमा अनुसन्धान गरेको थियो।

डेल्टा लाइफ इन्स्योरेन्स कम्पनी डिसेम्बर १७, १९८६ मा स्थापना भएको हो । बंगलादेशभर एक हजारभन्दा बढी कार्यालयहरूमार्फत बीमा सेवा प्रदान गरिरहेको छ ।

नेपालको बीमा क्षेत्र कति सुरक्षित ?

पछिल्लो समय नेपालमा पनि बीमा कम्पनीहरुमा आर्थिक अनियमितताको घटनाहरु सार्वजनिक भइरहेका छन् । विशेषगरी लामो समय एउटै व्यवस्थापक वा एउटै समूहको नियन्त्रणमा रहेका कम्पनीहरुमा आर्थिक अनियमितता भएका छन् ।

लामो समय ड्यु डिलिजेन्स अडिट(विस्तृत लेखा परिक्षण) हुन नसक्दा बीमा कम्पनीहरुभित्रको आर्थिक अनियमितता सतहमा आउन सकेको छैन ।

बीमा कम्पनीहरुको संख्या बढेसँगै अनियमितता समेत बढेको भन्ने गुनासो आएपछि बीमा समितिले बीमा कम्पनीहरुलाई विस्तृत लेखा परिक्षण गराउन निर्देशन समेत जारी गरेको छ । पहिलो चरणमा नमूनाका रुपमा बीमा कम्पनीले केही कम्पनीहरुको डिडिए गरेको छ ।

एउटै समूहको पकडमा सर्वसाधारणको अर्बौ रुपैयाँ जम्मा भएको विशेष गरी जीवन बीमा कम्पनीमा प्रवद्र्धक तथा व्यवस्थापक समूहले निजी स्वार्थपूर्तीको लागी कम्पनीको रकम आफू अनुकूल लगानी गर्ने,खर्चिने गरेको अवस्था छ ।

बीमा समितिले समेत स्वदेशी बीमक र विदेशी पूनर्बीमा दलालको मिलेमतोमा पूनर्बीमा कमिशनवापतको ठूलो रकम विदेशमै होल्ड भएको आशंका गरेको छ । साथै दलालको सहभागीतामा भएको पूनर्बीमा सम्झौतामा अनियमितताको पर्याप्त संभावना रहेको बीमा समिति नेतृत्वको ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS