IME Life New

विचौलियाको प्रभावमा पुनर्बीमा सम्बन्धी निर्देशन जारी भएको व्यवसायीको आरोप, पोलिसीमै दलाली भयो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बीमा समितिबाट पुनर्बीमाको विषयमा जारी गरेको निर्देशनले बीमा क्षेत्रमै ठुलो चुनौती पैदा गरेको बताएका छन् । उनले यस कार्यलाई बिचौलियाको प्रभावमा परेर समितिले पोलिसीमै दलाली गरेको आरोप लगाएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज ‘सेजन’ले रजत जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्ने क्रममा मल्लले सम्बन्धित पक्षहरु सँग छलफल नै नगरी यस्तो नीति ल्याउदा जोखिम बढेको बताए । नेपालका बीमा कम्पनीहरुको १५/२० वर्षदेखि विदेशी पुनर्बीमा कम्पनीहरु सँग सम्बन्ध रहिआएकोमा समितिको यस्तो कदमले सम्बन्ध नै विग्रने अवस्थामा पुगेको उनले बताए ।

Esewa
Crest

अहिलेकै अवस्थामा पनि नेपाली बीमा कम्पनीहरुको विदेशी पुनर्बीमा कम्पनी सँग ट्रिटी मार्फत अर्बौ रुपैयाँको दायित्व हस्तान्तरण हुन बाँकी छ । समितिले कम्पनीहरुको व्यवसायिक चरित्र तथा अभ्यासलाई नबुझी एकाएक यस्तो निर्देशन जारी गर्दा अर्बौ रुपैयाँको दायित्व जोखिममा परेको उनको धारणा छ ।

बीमा कम्पनीहरुले दिएको जानकारी अनुसार विदेशी पुनर्बीमा कम्पनीहरुले समितिको निर्देशन पछि गर्ने व्यवहारमै फरक पर्न थालिसकेको छ । उनिहरुले नियमित रुपमा भुक्तान गर्नु पर्ने दायित्वमै आनाकानी गर्न थालिसकेका छन् । यहि प्रसंगलाई जोड्दै मल्लले समिति प्रति आक्रोश पोखेका हुन् ।

उनले भने ‘समितिले यस्तो निर्देशन जारी गर्दै गर्दा एक पटक सरोकारवाल पक्षहरु सँग बसेर छलफल गर्नु पर्थ्यो । यदि पुनर्बीमा मार्फत अर्बौ रुपैयाँ बाहिरिएको लागिरहेको छ भने यस विषयमा बसेरै छलफल गर्न सकिन्थ्यो तर यसरी एकलौटी रुपमा निर्देशन जारी गर्ने काम राम्रो भएन ।’

समितिले एक्कासी यस्तो निर्देशन जारी गर्दा बजारलाई नै ठुलो प्रभाव पारेको उनले जनकारी दिए । सन् २००१ मा अमेरिकाको ट्वीन टावरमा भएको आतङ्कारी हमलालाई उदाहरण दिदै उनले भने ‘अमेरिका जस्तो देशले समेत पुनर्बीमा गरेकाले ठुलो आर्थिक क्षति हुनबाट जोगियो भने हाम्रो जस्तो सानो अर्थतन्त्र भएको देशले जोखिम स्वदेशमै राख्न खोजेर हुन्छ ।’

उनले उल्टै प्रश्न गरे ‘१७ अर्ब रुपैयाँ पूँजी भएका दुई पुनर्बीमा कम्पनीले कसरी खर्बौ रुपैयाँको दायित्व बहन गर्न सक्छ ?’ बीमा समितिको यस्तो कदम हाम्रो जस्तो सानो अर्थतन्त्र भएको देशका लागि एकदमै घातक भएको भन्दै उनले नीति सच्याउन अनुरोध समेत गरेका छन् ।

सेजनले आयोजना गरेको यस कार्यक्रममा अधिकाम्स व्यवसायीहरुले बीमा समितिको यस्तो कदमलाई लिएर चर्को विरोध गरेका थिए । सबैले मन्त्रालयलाई समितिको यस्तो कदमबाट फिर्ता गराउन समेत अनुरोध गरेका छन् । उद्योगपति तथा सांसद विनोद चौधरीले पनि बीमा समिति दलालहरुबाट प्रभावित भएको आरोप लगाएका छन् ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष तथा हिमालयन रिइन्स्योरेन्स कम्पनीका अध्यक्ष शेखर गोल्छाले भने यस विषयमा आफ्नो धारणा व्यक्त गरेनन् । उनकै सक्रियतामा अर्थमन्त्रालयले बीमा समितिलाई यस्तो निर्देशन जारी गर्न लगाएको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS