IME Life New

राष्ट्रिय बीमा कम्पनीको सिइओ खुला प्रतिस्पर्धाबाट चयन गरिदै, साढे दुई महिना पछि दरखास्त आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले साढे दुई महिनादेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदका लागि पदपुर्ती प्रकृयाँ अगाडी बढाएको छ । प्रमुख कार्यकारी अधिकृत पदको पदपुर्ति सिफारिस उपसमितिले १५ दिनको समय दिदै आज आवेदन खुला गरेको हो।

कम्पनीले खुला प्रतिस्पर्धाबाट पदपुर्ती गर्ने भएको हो । योग्यता पुगेका नेपाली नागरिकले मंसिर २६ गतेसम्म आवेदन दिन सक्ने पदपुर्ती सिफारिस उपसमितिले जनाएको छ । बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, बाणिज्य शास्त्र, कानुन, गणित, तथ्याङ्क शास्त्र वा इन्जिनियरिङ विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी कम्पनीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तिमा ५ वर्ष वा आर्थिक, बैंक वित्तीय क्षेत्रमा भए ८ वर्ष तथा दुबै क्षेत्रमा भएर बीमामा एक वर्षको अनुभव सहित कम्तिमा ७ वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन पाउने छन् ।

Esewa
Crest

त्यस्तै चार्टर्ड, एकाउन्टेन्सी वा व्यवस्थापन, बीमा, अर्थशास्त्र, बाणिज्य शास्त्र, तथ्याङ्क शास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी कम्तिमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए १२ वर्ष, बैंक वा विनिमय क्षेत्रमा भए १५ वर्ष तथा दुबै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभव सहित कम्तिमा १३ वर्षको अनुभव भएका व्यक्तिहरुको पनि आवेदन दिने योग्यता पुग्नेछ ।

तर ‘व्यवस्थापक तह’ भन्नाले नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा भएका संङ्गणित संस्था वा कम्पनी ऐन अनुसार गठित संस्थाका अधिकृत द्धिनिय वा सो सरह वा सोभन्दा माथिको पदलाई मान्यता दिइने संस्थानले जनाएको छ । त्यस्तै उपाधि भन्नाले नेपाल सरकाबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट प्राप्त उपाधिलाई बुझिनेछ ।

नियामक निकायबाट प्रमुख कार्यकारी अधिकृत हुन अयोग्य हुने भनि तोकिएको अवस्थाका व्यक्तिहरुले आवेदन दिन पाउने छैनन् । दरखास्त बुझाउने अन्तिम दिनसम्म ६५ वर्ष ननाघेका व्यक्तिहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

इन्छुक आवेदकले कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् । साथै आवेदकले आफ्ना कागजपत्र तथा विवरण स्वयं घोषणाको व्यहोरा सहित प्रमाणित गरेर पेश गर्नु पर्नेछ । आवेदकले आवश्यक कागजपत्र, दुई प्रति फोटो सहित व्यवसायिक कार्ययोजना आफैले पेश गर्नु पर्नेछ । पदपुर्ति उपसमितिले आवेदक मध्ये सर्ट लिस्टिङ गर्नेछ । सर्ट लिस्टिङमा परेका उम्मेदवारले तोकिएको समयमा व्यवसयिक कार्ययोजनाको प्रस्तुतिकरण दिनु पर्नेछ ।

आवेदनका लागि तीन हजार रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । छनोट हुने प्रमुख कार्यकारी अधिकृतको पदावधि करारमा हुनेछ भने उसले पाउने सेवा सुविधा प्रचलित व्यवस्थाका आधारमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत गत भदौमा नेपाल सरकारको निर्णय अनुसार अर्थमन्त्रालयमा तानिएका थिए । उनलाई अर्थमन्त्रालयमा बोलाए सँगै कम्पनीको प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो । सरकारले अहिले सम्म पनि उक्त पदका लागि कुनै पनि व्यक्ति नपठाए पछि उपसमिति मार्फत खुला प्रतिस्पर्धाबाट छनोट प्रकृयाँ अगाडी बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS