Connect IPS
IME Life

तरलता समाधानका लागि सिडी रेसियोमा लचकता अपनाउन बैंकर्स संघको सुझाव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकलाई अहिलेको तरलता समाधानका लागि व्याजदर गणना विधिलाई परिवर्तन गर्न सुझाव दिएको छ । संघले चालु आर्थिक २०७८/७९ को पहिलो त्रैमाशिक अवधिको मौद्रिक नीति समिक्षाका क्रममा राष्ट्र बैंकलाई ८ बुदे सुझाव दिएको छ । नेपाल बैंकर्स संघले पछिल्लो समय देखिएको तरलताको चापलाई मध्यनजर गर्दै सिडी रेसियो, लिक्वीडीटी रेसियो, सिआरआर लगायतका विषयमा केहि लचकता अपनाउन सुझाव दिएको छ ।

त्यस्तै ब्याजदर अन्तर, सेवा शुल्क तथा आधार दरका व्यवस्थाहरु तथा सुत्र/विधि पुनरावलोकन गर्न समेत सुजाव दिएको छ । संघले निर्देशित क्षेत्रमा लगानी गर्नुपर्ने सीमामा केही लचकता अपनाउन सुझाव दिएको हो । पुनरकर्जामा प्रदान गरिने ब्याजदर अन्तर पुनरावलोकन गर्न समेत आग्रह गरेको छ ।

Prabhu
Crest

सुझाबहरु

(१) पछिल्लो समय देखिएको तरलताको चापलाई मध्यनजर गर्दै CD Ratio, Liquidity Ratio, CRR लगायतका विषयमा केही लचकता अपनाउने ।

(२) ब्याजदर अन्तर, सेवा शुल्क तथा आधार दरका व्यवस्थाहरु तथा सुत्र/विधि पुनरावलोकन गर्ने ।

(३) निर्देशित क्षेत्रमा लगानी गर्नुपर्ने सीमामा केही लचकता अपनाउने ।

(४) SME Bond लगायत Convertible Debenture, Perpetual Debenture आदि जस्ता वित्तीय उपकरणहरु जारी गर्न उचित व्यवस्था गर्ने ।

(५) पुनरकर्जामा प्रदान गरिने ब्याजदर अन्तर पुनरावलोकन गर्ने ।

(६) भारतीय बैंकमा रहेको निक्षेपमा ब्याज प्राप्त हुने गरी लगानी गर्न सकिने व्यवस्था गर्ने ।

(७) Digital banking लाई प्रोत्साहन गर्न Fintech कम्पनीलाई सहायक कम्पनीको रुपमा  स्थापनाको लागि उचित नीतिगत व्यवस्था गर्ने ।

(८) बैंकहरुले वित्तीय साक्षरता लगायत बैंकिङ्ग प्रवद्र्धन कार्य गर्नका निमित्त आर्थिक सहयोग प्रदान  गरेमा सो खर्च बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत समावेश गराउन पाउने    व्यवस्था गर्ने ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS