IME Life
GBIME

सगरमाथा इन्स्योरेन्सको बीमा व्यवसाय १० प्रतिशतले बढ्दा अधिकांश सूचकमा प्रगति

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८ ७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा कम्पनीको अधिकांश सुचक बढेका छन् ।

समिक्षा अवधिमा कम्पनीले ६ करोड १७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा १० दशमलव ९७ प्रतिशतले बढी हो ।

Crest

यस अवधिमा कम्पनीले ३९ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुलक आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १० प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले १७ करोड ७२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ३५ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले १ करोड २० लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्च गरेको छ । १ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ५०करोड ६२ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोषमा १ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २२ रुपैयाँ २१ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २५२ रुपैयाँ ०९ पैसा रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS