IME Life New

दुई महिनामै मोबाइलमार्फत् १ खर्ब ८६ अर्ब भन्दा बढीको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । मोबाइल बैंकिङ, डिजिटल खल्ती र क्यु आर कोडमार्फत् चालू आवको दुई महिनामै १ खर्ब ८६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८।७९ को दुई महिना(साउन भदौं)को तथ्यांक अनुसार मोबाइल बैंकिङ एप्स, डिजिटल खल्ती र क्यू आरकोडमार्फत् १ खर्ब ८६ अर्ब ५७ करोड रुपैयाँ भन्दा बढी रकमको लेनदेन भएको छ । यो मध्ये डिजिटल खल्ती र क्यू आरकोडमार्फत् मात्र ३९ अर्ब ३९ करोड १४ लाख रुपैयाँभन्दा बढीको नगद रहित कारोबार भएको छ ।

गत आ.व. २०७७।७८ मा भएको कूल कारोबारको ३०.४० प्रतिशत रकम चालू आवको दुई महिनामै यी माध्यमबाट भएको छ । यो तथ्यांकले पछिल्लो समयमा सर्वसाधारणबीच नगद रहित कारोबार बढ्दै गएको पुष्टी गर्छ । आ.व. २०७७।७८ भरमा मोबाइल बैंकिङ, डिजिटल खल्ती र क्यु आरकोडमार्फत् कूल ६ खर्ब १३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । राष्ट्र बैंकका अनुसारमा मोबाइल वालेटमार्फत् सर्वाधिक १२ करोड ४९ लाख भन्दा बढी पटक कारोबार भएको छ ।

Esewa
Crest

त्यसैगरी मोबाइल बैंकिङमार्फत् ११ करोड ७७ लाख भन्दा बढी पटक र क्यु आर कोडमार्फत् ५५ लाख ८१ हजार पटक कारोबार भएको छ । चालू आ.वको दुई महिनामा ५ करोड ५५ लाख ७० हजार पटक कारोबार भएको छ । यो गत आवको कूल कारोबार संख्याको २२.३८ प्रतिशत हो । यसमा बैंकहरुले प्रदान गरेको मोबाइल बैंकिङ सेवाको साथै भुक्तानी सेवा प्रदायकहरु ईसेवा, खल्ती, आइएमइ पे,प्रभु पे, फोन पेलगायत सेवा प्रदायकले मोबाइल एप्स र क्युआर कोडमार्फत् गरेको कारोबारलाई समावेश गरिएको छ ।

के हो नगद रहित कारोबार:

आफ्नो खातामा भएको रकम इन्टरनेटको माध्यमबाट भुक्तानी प्राप्त गर्ने व्यक्ति वा संस्थाको खातामा हस्तान्तरण गर्ने प्रकृयालाई डिजिटल कारोबार भनिन्छ । यसमा नगदको प्रयोग नहुने भएको हुँदा यसलाई नै नगद रहित कारोबार पनि भनिएको हो । डिजिटल भुक्तानी माध्यम जस्तै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल वालेट(इसेवा लगायत) वा क्यु आर कोड(फोन पेलगायत)मार्फत् कुनै पनि वस्तु तथा सेवाको भुक्तानी गर्दा वा कसैलाई रकम लिंदारदिंदा नगदै बिना कारोबार संभव हुन्छ ।

तपाईले खल्तीमा एक पैसा पनि नगद बोक्नु भएको छैन । तर तपाई कुनै पसल, अस्पताल, विद्यालय, सरकारी कार्यालयमा जानुभयो । र त्यहाँ तपाईले किनमेल गर्दा वा सेवा प्राप्त गर्दा रकम भुक्तानी गर्नुपर्ने भयो भने आफूसँग भएको डेबिट,क्रेडिट कार्ड, मोबाइल बैंकिङ एप्स वा अन्य भुक्तानी सेवा प्रदायकको एप्समार्फत् पनि भुक्तानी गर्न सक्नुहुन्छ । यस्तो सुविधा शहरी क्षेत्रमा पर्याप्त मात्रामा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS