IME Life New

कुमारी बैंकका भिसा क्रेडिट कार्ड बोक्ने ग्राहकलाई इकमर्स सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


कुमारी बैंक लिमिटेडले भिसा क्रेडिट कार्डहोल्डरहरुलाई इ–कमर्स कारोबारहरु गर्न सक्ने सुविधा थप गरेको छ ।थ्री– डि सेक्युर प्रोटोकोलमा आधारित भेरिफाइड बाई भिसा प्रणाली अनुसार कुमारीको भिसा क्रेडिट कार्डबाट अनलाइन कारोबार गर्दा कार्डहोल्डर प्रमाणीकरण विधि अनुरूप थप सुरक्षा प्रत्याभूत गरिएको छ।

कार्ड प्रयोगकर्ताले कुनै पनि अनलाइन कारोबार गर्दा इ–मेल वा एसएमएसबाट “वान टाइम पासर्वड” प्राप्त गर्ने छन ्। जसबाट कार्डहोल्डरको पहिचान प्रमाणीकरण हुनेछ । बैंकको कार्ड मार्फत कारोबार गर्दा उक्त सुरक्षाको कारण ढुक्क भई अनलाइन शपिङ लगायतका अतिरिक्त कारोबार गर्न सकिने बैंकले जनाएको छ।

Esewa
Crest

यो सुरक्षा प्रणाली कार्यान्वयनपछि बैंकका क्रेडिट कार्डहोल्डरहरुकोे बैंकिङ सेवा लगायत अनलाइन कारोबार प्रणालीमा उपभोक्ताको भरोसा बढ्ने विज्ञप्तिमा उल्लेख छ। यस सुविधा प्राप्त गर्नको लागि कार्डहोल्डरहरुले कुमारी बैंकको मोबाइल टोकन एप डाउनलोड गरेर पनि अनलाइन कारोबारको पासवर्ड पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS