IME Life New

ओखलढुंङगाको चम्पादेवीमा कृषि विकास बैंकको नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कृषि विकास बैंकले ओखलढुंङगाको चम्पादेवीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । संघिय सांसद यज्ञराज सुनुवार र विशिष्ठ अतिथी कृषि विकास बैंकका उपमहा प्रबन्धक पूर्णप्रसाद आचार्यले संयुक्त रुपमा उक्त कार्यालयको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रमका अध्यक्ष तथा कृषि विकास बैंक क्षेत्रिय कार्यालय राजविराजका निर्देशक चेतनाथ सापकोटाले बैंकले अबका दिनमा चम्पादेवी बासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा, बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको विषयमा स्पष्ट पारेका छन् ।

Esewa
Crest

शाखा उद्घाटन कार्यक्रममा राजनैतिक दलका प्रतिनिधीहरु, प्रदेश सभासद मोहनबहादुर खड्का, सभासद रामहरी खतिवडा, बालकृष्ण ढुंगेल, चम्पादेवी गाविस.का अध्यक्ष नवराज के.सी., ज्ञानप्रकाश मा.वि.का प्र.अ. काशीराम कार्की, ज्ञानज्योति सा.क्या.का प्र. चोपलाल धमला लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS