साताको दोस्रो दिन नेप्से ८ दशमलव ८५ अङ्कले घटेर ११४४ दशमलव २७ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३६ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
होटल क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।
सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको २ करोड ७१ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै सेन्ट्रल फाइनान्सको सेयरमा ३ दशमलव ६७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै आखुँखोला जलविधुतको शेयर ४ दशमलव ७० प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ३७ प्रतिशतले घटेकोे छ भने ५ हजार ५ सय २५ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव ०९ प्रतिशतले घटेर ५ हजार ९ सय १८ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।