IME Life New

बजार गुमाउँदै आरएमसि सिमेन्ट उद्योग, चार वर्षमा ७४ प्रतिशतले खस्कियो व्यापार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । आरएमसी समूहको सिमेन्ट उद्योग आरएमसि सिमेन्ट उद्योगको कारोबार निरन्तर ओरालो लाग्दै गएको छ । चार वर्षको अवधिमा बाराको सिमरास्थित यो उद्योगको कारोबार रकममा वर्षको अवधिमा ७४ प्रतिशतले ह्रास आएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३० करोड ४ लाख रुपैयाँ संचालन आय(अपरेटिङ इनकम) गरेको यो उद्योगले गत आर्थिक वर्षमा जम्मा ३३ करोड ७० लाख रुपैयाँ संचालन मुनाफा गर्ने अनुमान गरिएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आ.व. २०७६।७७ मा ८१ करोड ८० लाख रुपैयाँ संचालन आय रहेकोमा गत आ.व.मा ५९ प्रतिशतले गिरावट आएर ३३ करोड ७० लाख रुपैयाँमा सीमित रहेको छ ।
सिमेन्ट उद्योगबीच तीब्र प्रतिस्पर्धा, उद्योग व्यवस्थापनको उदासिनताका कारण आरएमसि सिमेन्ट उद्योगले उत्पादन क्षमताको जम्मा १६ प्रतिशत मात्र सदुपयोग गर्न सकेको छ । अघिल्लो आ.व.मा समेत जम्मा ३९ प्रतिशत क्षमतामा उद्योग संचालन गरिएको थियो । किन खस्कियो व्यापार? सिमेन्ट उद्योगहरुबीच तीब्र प्रतिस्पर्धाका कारण सिमेन्ट उद्योगको व्यापार खस्किएको छ । साथै व्यवस्थापनको उदासिनताका कारण व्यापार बिस्तारमा आक्रामक रणनीति अपनाउन नसक्दा आरएमसि सिमेन्ट उद्योगको औसत उधारो अवधि १ सय ११ दिनबाट २ सय १८ पुगेको छ । कच्चा पदार्थ, तयारी उत्पादन लगायतको जगेडा औसत ५८ दिनसम्म रहने गरेकोमा अहिले यो बढेर २ सय ८७ दिन पुगेको छ। त्यसैगरी उद्योगको कूल कारोबारको ४० प्रतिशत व्यापार जम्मा १० वटा वितरकमाथि निर्भर रहेको छ ।
संचालन पूँजीको हिस्सा कूल कारोबार आम्दानीको ९८ प्रतिशतको उच्च बिन्दुमा पुगेको छ ।, जबकी गत आ.व.मा यो जम्मा ४२ प्रतिशतमा सीमित रहेको थियो । आरएमसि सिमेन्ट उद्योगका संचालकहरुको प्रवद्र्धनमा पश्चिममा पाल्पा सिमेन्ट उद्योग समेत संचालनमा ल्याइएको छ । यो उद्योगले आफ्नै चुनढुंगा खानीबाट क्लिंकर उत्पादन र प्रशोधन गरेर सिमेन्ट उत्पादन गरिरहेको छ ।
आरएमसि सिमेन्ट उद्योगले क्लिंकर उत्पादन गर्दैन, अन्य उद्योगबाट खरिद गरेको क्लिंकर प्रशोधन गरेर सिमेन्ट उत्पादन गर्छ । स्मरणीय रहोस्, आरएमसि सिमेन्ट उद्योगको उत्पादनले नेपालबाट पहिलो पटक भारतीय गुणस्तर प्रमाण चिन्ह आइएसआई प्राप्त गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS